भारतमा ऊर्जाको घट्दो मूल्य, नेपाललाई चिन्ता
आजको औसत मूल्य भारु ३.३५

काठमाडौं : भारतीय ऊर्जा विनिमिय (इण्डियन इनर्जी एक्सचेञ्ज- आईईएक्स) को ‘डे अहेड’ बजारको आजको औसत बजार मूल्य प्रतियुनिट ३.३५ भारु कायम भएको छ । यो गत वर्षको तुलनामा २५ प्रतिशत कम हो ।
आईईएक्सका अनुसार आजा जूलाई ७ को अधिकतम बजार मूल्य प्रतियुनिट ३.५२ भारु र न्यूनतम प्रतियुनिट १.७२ भारु र औसतमा प्रतियुनिट २.८९ भारु छ । भारतमा घट्दो विद्युत् ऊर्जाको मूल्यसँगै यसले नेपालबाट निर्यात हुने बिजुलीमा पनि प्रभावित हुने भएको छ ।
नेपालका ग्राहकलाई औसत ९ रुपैयाँ प्रतियुनिट रुपैयाँ असुलिरहेको प्राधिकरणले भारतलाई भने अधिकतम प्रतियुनिट ५ रुपैयाँ ६० पैसा र न्यूनतम २ रुपैयाँ ७५ पैसामा बेच्नु परेको छ । जबकि नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रको बिजुली औसतमा प्रतियुनिट ६ रुपयाँ ६० पैसा छ ।
प्राधिकरणको आजको तथ्यांकअनुसार प्राधिकरणको उत्पादन ८८०९ मेगावाट घण्टा, निजीको ३७ हजार ८८९ मेगावाट घण्टा, प्राधिकरण सहायक कम्पनीको उतपदन १४ हजार २२९ मेगावाट घण्टा गरी कुल उत्पादन ६० हजार ९२७ मेगावाट घण्टा छ । देशको कुल ऊर्जा माग ४४ हजार २१६ मेगावाट घण्टा छ भने प्राधिकरणले भारतलाई १६ हजार ७१० मेगावाट घण्टा बेचेको छ ।
भारतीय ऊर्जा विनिमयको आजको अधिकतम औसत मूल्यलाई आधार मानेर हेर्दा प्राधिकरणलाई भारतलाई बिजुली बेच्दा एक युनिटमा ०.७७५ भारु (१ रुपैयाँ २४ पैसा) घाटा छ । यो दरमा उसले भारतलाई बेचेको बिजुलीमा प्रतिदिन २ करोड ७ लाख रुपैयाँ घाटा छ ।
यता यही दाममा भारतमा नबेच्ने हो भने पनि आन्तरिम रुपमा खपत हुन नसकेका कारण खेर फाल्नुपर्ने अवस्था छ ।
गत मे महिनादेखि अनपेक्षित वर्षा र शीतल मौसमका कारण इण्डियन इनर्जी एक्सचेञ्जमा स्पट बिजुलीको मूल्य प्रतियुनिट ३.५६ (भारु) थियो ।
२०२५ मे २५ तारिखको दिन, डे-अहेड बजारमा औसत मूल्य प्रतियुनिट जम्मा रू. ०.५६ मा झरेको थियो । बिहान ९ः१५ बजेदेखि दिउँसो २ः३० बजेसम्मको विभिन्न समय खण्डहरूमा मूल्य लगभग शून्य नजिक पुगेको थियो । सोही दिनको औसत दैनिक मूल्य रू. १.५३ प्रतियुनिट रहेको थियो । मे महिनाभरि नै वास्तविक समयको ‘रियल टाइम’ विद्युत् मूल्य वार्षिक रूपमा २५ प्रतिशतले घटेर प्रतियुनिट औसत रू. ३.५६ मा झरेको थियो ।
आईईएक्सका अनुसार आज राति १२ बजे (७ जुलाई) देखि १२ः १५ बजेसम्मको लागि प्रतियुनिट बिजुलीको कारोबार मूल्य प्रतिमेगावाट घण्टा ३२५७.५२ भारु (प्रतियुनिट ३.७५ भारु) बाट सुरु भएर आज राति १२ बजे (भरे) प्रतियनिट एक रुपैयाँ ७५ भारु (२ रुपैयाँ ८० पैसा) कायम भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उसले आईईएक्समा १६ हजार ७ सय १० मेगावाट घण्टा (१ करोड ६७ लाख १० हजार युनिट) बेचेको छ । यसको भारतीय ऊर्जा विनिमयको मूल्य अनुसार प्राधिकरणलाई यसबाट ८ करोड ९५ लाख ६५ हजार रुपैयाँ आम्दानी हुन्छ ।
यही बिजुली प्राधिकरणले आईइएक्सको भाउ उच्च भएका बेला (अधिकतम १२ भारु) भएका बेला बेच्न पाएको भए एकै दिनमा ३२ करोड रुपैयाँ प्राप्त गथ्र्याे । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले आईईएक्समा अधिकत कारोबार भाउ प्रतियुनिट १२ भारु कायम गरेको छ ।
सन् २०२३ को जूनमा नेपाल विद्युत् प्राधिकरणले आईईएक्समा प्रतियुनिट बिजुली १५.९३ भारु (२५.४८ नेरु) सम्म पाएको थियो ।
हाल भारतमा विद्युत् कारोबार हुने कुल परिमाणमध्ये करिब ७ प्रतिशत मात्र पावर एक्सचेन्जमार्फत कारोबार हुन्छ, बाँकी अधिकांश कारोबार दीर्घकालीन विद्युत् खरिद सम्झौताहरू (पीपीए) मार्फत सम्पन्न हुन्छ ।
भारतले गत मे महिनाको चरम विद्युत् माग २ लाख ६६ हजार मेगावाट हुने अनुमान गरेको भए पनि, मौसमसँग मेल नखाने वर्षाले गर्दा वास्तविक चरम माग गत २६ मेसम्म २ लाख ३१ हजार मेगााटमा सीमित रह्यो । सरकारले सुरुमा ग्रीष्मकालीन चरम माग २ लाख ७० हजार मेगावाट पुग्ने अपेक्षा गरे पनि समग्रमा विद्युत् खपत वार्षिक रूपमा कम्तीमा ४ प्रतिशतले घटेको भारतीय सञ्चार माध्यम दि इन्डियन एक्सप्रेसले लेखेको छ ।
भर्खरै सार्वजनिक भएका सरकारी तथ्यांक अनुसार, भारतले २०२५ को पहिलो त्रैमासिकमा १३ हजार ४९५ मेगावाट विद्युत् उत्पादन क्षमता थप गरेको छ, जसमा नयाँ थप क्षमताको ७८.९ प्रतिशत हिस्सा नवीकरणीय ऊर्जाको छ । यीमध्ये सबैभन्दा ठूलो योगदान सौर्य ऊर्जाको छ, जसले कुल थप क्षमताको ५७.७ प्रतिशत हिस्सा ओगटेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
भारतमा ऊर्जाको घट्दो मूल्य, नेपाललाई चिन्ता
-
च्युरीबोटमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेपछि.....
-
‘टेक एण्ड पे’मा पुनःविचार गर्न सांसदको माग
-
कृषिमा विशिष्टीकृत वित्तीय संस्था आवश्यक छ : डा. युवराज खतिवडा
-
आज देशभर आंशिकदेखि साधारणतया बदली, विभिन्न स्थानहरूमा वर्षाको सम्भावना
-
ठेकेदारसँग कार्यतालिका मागेर सुनकोशी-मरिनको काम द्रुत गतिमा अगाडि बढाइने