जेन–जी आन्दोलनका थप ८ सहिद परिवारलाई प्राधिकरणले रोजगारी दिने
जलसरोकार
काठमाडौं : नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठक बुधबार बसेको छ। बैठक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकले २०८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ। आन्दोलनका घाइतेलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि–२०८२ तथा नेपाल राजपत्रमा भएको व्यवस्था अनुसार छुट भएका आठ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरिएको हो।
यसअघि प्राधिकरणले २७ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ। बुधबार थप भएका आठ सहिद परिवारका सदस्यमा रोजित श्रेष्ठ (बनस्थली), अम्बिका विश्वकर्मा (उदयपुर), सुमित्रा महत (सिन्धुपाल्चोक), शितल पौडेल, मौसम कुलुङ (संखुवासभा), पार्वती अधिकारी (सर्लाही), हेमन्ती विष्ट (बझाङ) र मञ्जु पौडेल (लम्जुङ) रहेका छन्।
त्यसैगरी बैठकले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्यसम्पादन मूल्यांकनसम्बन्धी जानकारी पनि लिएको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?