कांग्रेस–एमालेको सरकारले मुलुकलाई अग्रगतितर्फ होइन अधोगतितर्फ लाँदैछ : नेता झलनाथ
जलसरोकार
विराटनगर: नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले मुलुकलाई अधोगतितर्फ लगिरहेको बताएका छन् ।
विराटनगरमा सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस–एमाले दुई ठूला दल मिलेर बनेको सरकारले देश अधोगतितर्फ गइरहेको बताएका हुन् ।
‘मुलुक बडो गहिरो संकटतर्फ धसिदै गइरहेको छ, दुई पार्टीको अधिनायकवादले मुलुकलाई अग्रगतितर्फ होइन अधोगतितर्फ लाँदैछ,’ उनले भने, ‘ लोकतान्त्रिक मूल्य मान्यतामाथि चुनौती दिने खालको स्थिति देखा पर्दैछ ।’
राजनीति संकटग्रस्त बनिरहेको बताउँदै उनले समग्र अवस्था कमजार हुँदै गएको बताए ।
दुई दलको सरकार बनेपछि भ्रष्टाचारीले उन्मुक्ति पाइरहेको उनले बताए ।
वर्तमान संविधान पूर्णरुपमा कार्यान्वयन भइनसकेको बताउँदै उनले अहिलेको अवस्थामा संविधान संशोधन आवश्यक नरहेको पनि बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना