नारायणी सिँचाइ : जामुनी ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
जलसरोकार
वीरगञ्ज : बाराको जामुनी नदीमा निर्माणाधीन जामुनी ब्यारेजको हेडवर्क्स (बाँध) क्षेत्रमा ‘अटोमेसन गेट’ सहितका संरचना निर्माण कार्य अघि बढाइएको छ। लामो समयदेखि संरचना अधुरो रहँदा सञ्चालनमा आउन नसकेको सिँचाइ परियोजना अब पूर्णता दिने दिशामा अघि बढेको हो।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजप्रसाद पटेलका अनुसार हेडवर्क्सको मुख्य संरचना पहिले नै तयार भए पनि गेट प्रणाली नहुँदा सिँचाइ सेवा सुरु हुन सकेको थिएन। “अटोमेसन गेटसहितका संरचना निर्माण सुरु भएसँगै परियोजना पूर्ण सञ्चालनको चरणमा पुगेको छ,” उनले भने, ।
कार्यालयले विसं २०८२ असार २० गते निर्माण कम्पनीसँग रु १२ करोड १२ लाख ३ हजार ८१७ लागतमा ठेक्का सम्झौता गरेको हो। सम्झौताअनुसार काम विसं २०८४ साउन २० गतेभित्र सम्पन्न गर्नुपर्नेछ। हालसम्म निर्माणको करिब ३० प्रतिशत काम पूरा भएको निर्माण कम्पनीका प्रतिनिधि सुरेन्द्रकुमार जैसवालले जानकारी दिए ।
आयोजनाबाट बाराको पूर्वी क्षेत्र र रौतहटको केही भागसहित करिब साढे ९ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ। साथै जामुनी नदीबाट करिब ७५० क्यूसेक पानी वितरण गर्न सकिने जनाइएको छ।
निर्माण कार्य तोकिएको समयमै सम्पन्न गर्न सम्बन्धित निकायले निर्देशन दिँदै परियोजनालाई छिटो पूर्ण सञ्चालनमा ल्याउने तयारी गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी आयोजनालाई अघि बढाउने सरकारकाे पहल सकारात्मक : डा. भट्टराई
-
कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६८ हजार लगानीकर्तालाई शेयर
-
घट्यो सुन र चाँदीको मुल्य, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
इन्धन मूल्य वृद्धि फिर्ता लिन कुलमान उनेपाका अध्यक्ष घिसिङको सरकारसँग माग
-
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ वैशाख १६ देखि खुल्ने, सर्वसाधारणलाई १७.४३ लाख कित्ता प्रस्ताव
-
सोलुखुम्बुमा ११० मेगावाटको ‘दुधकोशी पाँचौँ’ आयोजना बन्दै