नबिल बैंकलाई ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान
जलसरोकार
काठमाडौं: नबिल बैंकलाई एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएको छ ।
विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड नबिल बैंकले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहकको अनुभवमा ल्याएको डिजिटल क्रान्तिमा गरेको कामको मूल्यांकनका आधारमा प्रदान गरिएको नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए ।
‘यो अवार्डले बैंकको सेवालाई अझ प्रविधिमैत्री तथा ग्राहकमैत्री बनाउन प्रोत्साहन मिलेको छ,’ उनले भने, ‘नबिलले बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग गर्दै नयाँ आयाम थप्दै सेवाग्राहीलाई सुविधा सम्पन्न सेवा दिँदै आएको छ ।’
बैंकले पछिल्लो समय डिजिटल सेवालाई प्राथमिकतामा राख्दै दिगोपनामा पनि जोड दिएको छ । कागजी प्रक्रियालाई हटाउँदै, डिजिटल माध्यममार्फत सहज, छरितो र पारदर्शी सेवा दिने बैंकको प्रयासलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
‘प्रविधिलाई नवप्रवर्तनको शक्ति मानेर हामीले रूपान्तरणमा केन्द्रित रणनीति अपनाएका छौं, आर्टिफिसियल इन्टेलिजेन्स, डाटा एनालिटिक्स र एनबैंक एपमार्फत ग्राहकअनुकूल सेवा प्रवाहमा सुधार गरिरहेका छौं,’ ज्ञवालीले भने ।
यस अवार्डले बैंकलाई अझ चुस्त र प्रविधि केन्द्रित सेवा प्रदान गर्न प्रेरित गरेको उनको भनाइ छ ।
बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
महासंघ विवादबीच इप्पानको निर्वाचन प्रक्रिया अघि बढ्यो
-
इप्पान चुनावअघि ६ पदाधिकारी निर्विरोध, प्रमुख पदमा कडा प्रतिस्पर्धा
-
शून्य प्रगतिका ३८ जलविद्युत् आयोजनाको अनुमति रद्द गर्न सिफारिस, ‘लाइसेन्स राज’ अन्त्य गर्न सुझाव
-
नेप्से ८.१४ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
इप्पान नदी प्रवाहीजस्तो भयो, अब जलाशययुक्त बनाउनुपर्छ
-
इप्पानभित्र ‘संस्थागत पुनर्संरचना’ को बहस चर्कियो, बलराम खतिवडा समूहद्वारा विस्तृत घोषणापत्र सार्वजनिक