सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन : जीबीका दुई जना दाइ र श्रीमती समेत प्रतिवादी
जलसरोकार
काठमाडौँ,: रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा जीबी राई परिवारका चार जनालाई प्रतिवादी कायम गरिएको छ ।
कुल २२ जना प्रतिवादी मध्येमा जीबी राई, उनकी पत्नी भगवती बमजन ‘निशा’, दाहीहरू अनन्तबाबु राई र देवेन्द्रबाबु राईलाई पनि प्रतिवादी कायम गरिएको छ ।
ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भएका ४५ वर्षीय गितेन्द्रबाबु राई (जीबी) सुप्रिम बचत तथा ऋण सहकारीको पूर्व अध्यक्ष हुन् । उनकी पत्नी सिन्धुलीको लदाभीर माइती भएर धापासी बस्ने भगवती बमजन ‘निशा’ स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङ प्रालिको सेयरधनी हुन् ।
स्प्रिङ उडमा सुप्रिमको १३ करोड ९८ लाख २२ हजार ६२५ रुपैयाँ गैरकानुनी रूपमा अपचलन भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । जीबीका दाइ ५० वर्षीय अनन्त बाबु राई र ४७ वर्षीय देवेन्द्रबाबु राईको पनि सहकारीको रकम अपचलनमा संलग्नता देखिएको छ । देवेन्द्रबाबु सुप्रिम बचत तथा ऋण सहकारीको सञ्चालक समिति सदस्य हुन् ।
अनन्तबाबु गोर्खा ग्रुप अफ कम्पनी प्रालिको सञ्चालक समिति सदस्य र स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङको सेयर सदस्य हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दि ओरिएण्टल इन्स्योरेन्सबाट २० लाख सहयोग
-
महाकाली पुल र बस्ती बचाउन तटबन्धकाे काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
-
एउटै वडाका ५३८ घरमा खानेपानीको घारा
-
यस्तो छ आजको मौसम पूर्वानुमान
-
सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयलाई शेयर दिने