सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन : जीबीका दुई जना दाइ र श्रीमती समेत प्रतिवादी
जलसरोकार
काठमाडौँ,: रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा जीबी राई परिवारका चार जनालाई प्रतिवादी कायम गरिएको छ ।
कुल २२ जना प्रतिवादी मध्येमा जीबी राई, उनकी पत्नी भगवती बमजन ‘निशा’, दाहीहरू अनन्तबाबु राई र देवेन्द्रबाबु राईलाई पनि प्रतिवादी कायम गरिएको छ ।
ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भएका ४५ वर्षीय गितेन्द्रबाबु राई (जीबी) सुप्रिम बचत तथा ऋण सहकारीको पूर्व अध्यक्ष हुन् । उनकी पत्नी सिन्धुलीको लदाभीर माइती भएर धापासी बस्ने भगवती बमजन ‘निशा’ स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङ प्रालिको सेयरधनी हुन् ।
स्प्रिङ उडमा सुप्रिमको १३ करोड ९८ लाख २२ हजार ६२५ रुपैयाँ गैरकानुनी रूपमा अपचलन भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । जीबीका दाइ ५० वर्षीय अनन्त बाबु राई र ४७ वर्षीय देवेन्द्रबाबु राईको पनि सहकारीको रकम अपचलनमा संलग्नता देखिएको छ । देवेन्द्रबाबु सुप्रिम बचत तथा ऋण सहकारीको सञ्चालक समिति सदस्य हुन् ।
अनन्तबाबु गोर्खा ग्रुप अफ कम्पनी प्रालिको सञ्चालक समिति सदस्य र स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङको सेयर सदस्य हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन–चाँदीको मूल्यमा एकैदिन ठूलो गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण सम्पन्न
-
आइतबारका लागि मौसम चेतावनी : तराईमा तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना
-
नेपालको ऊर्जा सुरक्षाको लागि दैलेखको प्राकृतिक ग्यास
-
नेपाल ग्रीन हाइड्रोजन युगतर्फ : हेटौंडामा २.५ मेगावाटको पाइलट परियोजना बन्ने
-
मेगावाट होइन, ऊर्जा खपतबाट समृद्धि मापन गर्ने युगमा नेपाल प्रवेश गर्नुपर्छ : सांसद न्यौपाने