मिटर–ट्रान्सफर्मर आपूर्तिबारे मन्त्री श्रेष्ठको चासो, प्राधिकरणसँग मागे विवरण
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणसँग उपभोक्तासँग प्रत्यक्ष सम्बन्धित मिटर, ट्रान्सफर्मरलगायतका उपकरणहरूको मौज्दात र आपूर्ति व्यवस्थापनबारे जानकारी लिएका छन् ।
नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकका क्रममा मन्त्री श्रेष्ठले प्राधिकरण व्यवस्थापनसँग उपकरण आपूर्तिको अवस्था तथा उपभोक्ताले भोगिरहेका समस्याबारे छलफल गरेका हुन् ।
हाल विभिन्न स्थानबाट मिटर तथा ट्रान्सफर्मर सहज रूपमा उपलब्ध नभएको गुनासो आएपछि मन्त्री श्रेष्ठले यस विषयमा विशेष चासो देखाएका थिए । बैठकमा प्राधिकरण व्यवस्थापनले खरिद प्रक्रियामा केही समस्या देखिए पनि हाल आवश्यक उपकरणको पर्याप्त मौज्दात रहेको र थप आपूर्ति प्रक्रियासमेत अगाडि बढिरहेको जानकारी गराएको छ। व्यवस्थापनले अब उपभोक्ताले मिटर तथा ट्रान्सफर्मर अभावको समस्या भोग्न नपर्ने दाबी गरेको छ।
बैठकमा मन्त्री श्रेष्ठले देशभर सञ्चालनमा रहेका विद्युत प्राधिकरणका परियोजनाहरूलाई थप पारदर्शी बनाउन प्रत्येक आयोजनास्थलमा विस्तृत सूचनापाटी राख्न सुझाव दिएका छन् । उनले सूचनापाटीमा परियोजनाको कुल लागत, निर्माण सम्पन्न हुने अनुमानित मिति, निर्माण कम्पनीको नाम, परियोजना प्रमुख तथा सूचना अधिकारीको नाम र सम्पर्क नम्बर उल्लेख गर्नुपर्ने बताउनुभयो।
मन्त्री श्रेष्ठले यस्ता सूचनापाटीले आयोजना सम्बन्धी जानकारी सर्वसाधारणसम्म सहज रूपमा पुग्ने, पारदर्शिता बढ्ने र जनविश्वास सुदृढ हुने विश्वास व्यक्त गरे ।
बैठकमा विद्युत क्षेत्रका विभिन्न चालु परियोजनाको प्रगति, कार्यान्वयनका चुनौती तथा समाधानका उपायबारे पनि विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएआईएमए अटो एक्स्पोमा एनएमबी बैंकको ईभी कर्जा, आधार दरमा थप ०.५ प्रतिशत ब्याज
-
अधिकांश भूभागमा छैन मौसम चेतावनी, पश्चिमतिर अझै वर्षाको सम्भावना
-
राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न कानुनी, संस्थागत र कार्यशैलीगत सुधार आवश्यक : अध्ययन उपसमिति संयोजक
-
सडक बन्यो, पोल हटेन : विद्युत् संरचना व्यवस्थापनमा सरकारी समन्वयमाथि प्रश्न
-
अप्पर सोलुको नाफा ८४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४६ पैसा
-
देशभर बदली र वर्षा, कोशी-बागमती-गण्डकीसहित लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना