क्षतिग्रस्त विपी राजमार्गमा अस्थायी डाइभर्सन निर्माण गरी सडक सञ्चालनमा ल्याउन मन्त्री घिसिङको निर्देशन
जलसरोकार
काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढी–पहिरोले क्षति पुर्याएकाे विपी राजमार्गका विभिन्न खण्डको स्थलगत निरीक्षण गरी सडक विभागलाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । मन्त्री घिसिङले सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित चौकीडाँडालगायत प्रभावित क्षेत्रको अनुगमन गरेका हुन् ।
अनुगमनपछि मन्त्री घिसिङले संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने यो लाइफलाइन सडकलाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । सचिवालय स्रोतका अनुसार सडक विभाग र निर्माण व्यवसायीलाई सक्रियताका साथ काम गर्न आग्रह गर्दै अस्थायी डाइभर्सनमार्फत आवागमन खुलाउने तयारी गर्न भनेका छन् ।
गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे–नेपालथोक खण्डमा क्षति पु¥याएको थियो । उक्त खण्डमा अस्थायी डाइभर्सनमार्फत सडक सञ्चालन गरिँदै आएकोमा यस वर्ष पुनः आएको बाढीले करिब ४ किलोमिटर सडक पूर्ण रूपमा बगाएको छ ,।
स्थायी पुनर्निर्माणका लागि केही खण्डको ठेक्का लगाइसकिएको र बाँकी खण्डको ठेक्का सम्झौता अन्तिम चरणमा रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार अस्थायी सडक सञ्चालनसँगै स्थायी पुनर्निर्माण कार्यलाई तीव्रता दिने तयारी गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ग्यास उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्तिले विवादमा आएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा
-
चिलिमे उद्धारमा महत्वपूर्ण संकेत : सुरुङभित्र चिसो हावाको दोहोरो बहाव र प्रतिध्वनि
-
प्रसारण लाइनको तार छुँदा घाइते भएकी ८ वर्षीया रश्मीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति
-
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति
-
तनहुँका एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार
-
अपर म्याग्दी–१ को अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’