नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड छिटो सक्न मन्त्री घिसिङको निर्देशन
जलसरोकार
नवलपरासी : नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सर्वसाधारणले अत्यधिक सास्ती भोग्दै आएको दाउन्ने सडक खण्डको ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार साँझ स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले दाउन्ने खण्डमा भइरहेको निर्माण कार्यको प्रगति सुस्त रहेको भन्दै कामको रफ्तार दोब्बर बनाइ आगामी जनवरी महिनाभित्र सडक निर्माण सम्पन्न गर्न निर्देशन दिए ।
दाउन्ने खण्ड नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको सबैभन्दा चुनौतीपूर्ण र प्रभावित क्षेत्र मानिन्छ । निर्माण कार्यको ढिलाइका कारण यात्रु, स्थानीय बासिन्दा तथा सवारी चालकले लामो समयदेखि धुलो, हिलो र जामको समस्या भोग्दै आएका छन् ।
मन्त्री घिसिङले निर्माणमा देखिएका अवरोध, प्राविधिक समस्या र व्यवस्थापकीय कमजोरी तत्काल समाधान गरी चौबीसै घण्टा काम सञ्चालन गर्न निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ । उनले तोकिएको समयभित्र सडक निर्माण सम्पन्न नगरे जिम्मेवार पक्षलाई कडाइका साथ कारबाही गरिने चेतावनी पनि दिएका छन् ।
निरीक्षणमा मन्त्रालयका अधिकारी, आयोजनाका प्रतिनिधि र ठेकेदार पक्ष सहभागी थिए । उनीहरूले निर्माण कार्यलाई तीव्रता दिन जनशक्ति, उपकरण र सामग्री थप गर्ने प्रतिबद्धता जनाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बाढीले क्षतिग्रस्त दोभान खोला आयोजनाको पुनर्निर्माणमा जुट्यो टोली
-
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष उत्कृष्ट बैंक पुरस्कारबाट सम्मानित
-
बृहत् लगानी, उत्पादनभन्दा बजारको महत्त्व र व्यापारमा नीतिगत स्पष्टता
-
मौसम पूर्वानुमानलाई सात दिनसम्म विस्तार गर्ने र काठमाडौं उपत्यकामा नयाँ राडार राख्ने लक्ष्य
-
बाढी पूर्वानुमानदेखि हिमताल अनुगमनसम्म : नयाँ जलविज्ञान केन्द्रको योजना, चुनौती र क्षमता
-
भारतमा विद्युत्को औसत मूल्य दोब्बरनजिक, डे-अहेड बजारमा प्रतियुनिट भारु ७.३०