नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड छिटो सक्न मन्त्री घिसिङको निर्देशन
जलसरोकार
नवलपरासी : नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सर्वसाधारणले अत्यधिक सास्ती भोग्दै आएको दाउन्ने सडक खण्डको ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार साँझ स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले दाउन्ने खण्डमा भइरहेको निर्माण कार्यको प्रगति सुस्त रहेको भन्दै कामको रफ्तार दोब्बर बनाइ आगामी जनवरी महिनाभित्र सडक निर्माण सम्पन्न गर्न निर्देशन दिए ।
दाउन्ने खण्ड नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको सबैभन्दा चुनौतीपूर्ण र प्रभावित क्षेत्र मानिन्छ । निर्माण कार्यको ढिलाइका कारण यात्रु, स्थानीय बासिन्दा तथा सवारी चालकले लामो समयदेखि धुलो, हिलो र जामको समस्या भोग्दै आएका छन् ।
मन्त्री घिसिङले निर्माणमा देखिएका अवरोध, प्राविधिक समस्या र व्यवस्थापकीय कमजोरी तत्काल समाधान गरी चौबीसै घण्टा काम सञ्चालन गर्न निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ । उनले तोकिएको समयभित्र सडक निर्माण सम्पन्न नगरे जिम्मेवार पक्षलाई कडाइका साथ कारबाही गरिने चेतावनी पनि दिएका छन् ।
निरीक्षणमा मन्त्रालयका अधिकारी, आयोजनाका प्रतिनिधि र ठेकेदार पक्ष सहभागी थिए । उनीहरूले निर्माण कार्यलाई तीव्रता दिन जनशक्ति, उपकरण र सामग्री थप गर्ने प्रतिबद्धता जनाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ग्यास उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्तिले विवादमा आएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा
-
चिलिमे उद्धारमा महत्वपूर्ण संकेत : सुरुङभित्र चिसो हावाको दोहोरो बहाव र प्रतिध्वनि
-
प्रसारण लाइनको तार छुँदा घाइते भएकी ८ वर्षीया रश्मीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति
-
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति
-
तनहुँका एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार
-
अपर म्याग्दी–१ को अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’