काठमाडौं उपत्यकामा सडकको नियमित मर्मत-सम्भार सुरु, मन्त्री घिसिङले गरे ‘सफा, सुन्दर र सुरक्षित शहर’ निर्माणको प्रतिबद्धता
जलसरोकार
काठमाडौं : भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाका सडकहरूलाई नियमित रुपमा मर्मत–सम्भार गर्ने योजना सार्वजनिक गरेको छ। मन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै सुन्दर, सफा र सुरक्षित शहर निर्माण गर्ने लक्ष्यसहित उपत्यकामा सडक मर्मतको कार्य नियमित रूपमा अघि बढाइने बताएका छन्।
मन्त्रीका अनुसार उपत्यकामा सडक बिग्रँदा जनजीवन र यातायात दुवै प्रभावित हुने भएकाले अबदेखि मर्मतलाई नियमित, योजनाबद्ध र प्रभावकारी बनाइनेछ। उनले सडक व्यवस्थापन सुधारलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको भन्दै नागरिकले शीघ्रै सकारात्मक परिवर्तन अनुभव गर्ने विश्वास व्यक्त गरेका छन्।
सडक मर्मत कार्य निरन्तर सञ्चालन गर्न मन्त्रालयले सम्बन्धित निकायलाई आवश्यक समन्वय र स्रोतसाधन परिचालन गर्न निर्देशन दिएको छ। मन्त्रालयले उपत्यकाको मुख्य सडकदेखि बस्तीभित्रका मार्गसम्म चरणबद्ध रुपमा मर्मतका काम अघि बढाइने जनाएको छ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
१६ मेगावाट माछाखोला जलविद्युत् आयोजनाको निर्माण गरिँदै
-
भाडा विवाद टुंगो नलागेसम्म उद्योगमा विद्युत् लाइन नकाट्न उद्योग परिसंघको आग्रह
-
आगामी वर्ष १,०४० मेगावाट विद्युत् थपिने, ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधार बनाउछाैँ : ऊर्जामन्त्री श्रेष्ठ
-
नेप्से ५ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
मिटर–ट्रान्सफर्मर आपूर्तिबारे मन्त्री श्रेष्ठको चासो, प्राधिकरणसँग मागे विवरण
-
सुन–चाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?