संसद् बैठकको कार्यसूचीमा मिडिया काउन्सिल विधेयक पारित गर्ने
जलसरोकार
काठमाडौं: संघीय संसद्का दुवै सभाको बैठक बस्दैछ । सोमबार एउटा÷एउटा विधेयक पारित गर्ने दुवै सभाको सम्भावित कार्यसूची छ ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।
अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्ने अर्को कार्यसूची छ । पारित हुनु अगाडि सभामा छलफल हुनेछ ।
राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक पारित गर्ने कार्यसूची छ । यो विधेयक पनि पारित हुनु अगाडि सभामा छलफल हुनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना