नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त
जलसरोकार
काठमाडौं : नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । कायममुकायको जिम्मेवारीमा रहेका ज्ञवलीलाई बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आजैदेखि लागु हुने गरी नियुक्त गरेको हो ।
उनी २०७७ साल साउनमा नबिल बैंकको नायब महाप्रबन्धकको पदमार्फत प्रवेश गरेका थिए । २०८१ पुसमा उनी वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । त्यसैगरी गत चैत १३ गते देखि उनी नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए ।
ग्लोबल आईएमई बैंकमा ७ वर्ष विताएका ज्ञवालीले २ वर्षसम्म ज्योति विकास बैंकको नेतृत्व गरेका थिए । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे सुरुङमा लेदो हटाउने काममा महत्वपूर्ण प्रगति, मुख्य अवरोधपछि ठूलो समस्या नआउने आकलन
-
चिलिमे उद्धारमा महत्वपूर्ण प्रगति : मुख्य अवरोधस्थल नजिक पुग्दै टोली
-
चिलिमे सुरुङमा ठूला ढुंगा र लेदो हटाउँदै उद्धार टोली
-
चिलिमे सुरुङमा भेटिएका फलामे डन्डी उद्धार योजनाकै हिस्सा : प्राध्यापक डिक्स
-
एमसीसीको प्रसारणमा उल्टो तालमेल : लाइन तयार, सबस्टेसनका लागि २०२७ कुर्नुपर्ने
-
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्ड निर्माण सम्पन्न