हेझोउले यी कारबाहीहरूमा आफ्नो कम्पनीको नाममा अवैध रूपमा सम्पर्क इमेलहरू दर्ता गर्ने, सम्पर्क नम्बरहरू बनाउने, र शाङ्चेन जलविद्युत स्टेशन निर्माण र सम्पन्न गरेको झूटा दाबी गरेर बोली लगाउने र धोका दिने उद्देश्यले आफ्नो आधिकारिक छाप जाली गरेर ज्याङ्सीले समावेश गरेको पनि जगदुल्ला हाइडोपावरले जानकारी दिएको छ ।
‘हामीले शाङ्चेन जलविद्युत परियोजनाको निर्माण वा सम्पन्नताको पुष्टि गर्ने कुनै पनि पुष्टिकरण पत्र वा प्रमाणपत्र कहिल्यै जारी गरेका छैनौं,’ हेझोउले भनेको छ, ‘९० मेगावाटको शाङचेन जलविद्युत परियोजना विकास गर्ने हाम्रो मूल योजना आर्थिक कारणले गर्दा धेरै पहिले नै रद्द गरिएको थियो र कहिल्यै निर्माणमा गएको छैन र त्यसैले यो प्रोजेक्ट नै छैन ।’
बाह्य सञ्चार, सम्झौता हस्ताक्षर, वा रकम प्राप्तिको लागि ‘शाङचेन इलेक्ट्रिक पावर कम्पनी लिमिटेड’ वा ‘शाङचेन जलविद्युत स्टेशन’ को नाम र झूटा दाबीहरूको कुनै पनि प्रयोग आफ्नो कम्पनीसँग पूर्ण रूपमा असम्बद्ध रहेको पनि हेझोउले स्पष्ट पारेको छ ।
‘हामी त्यस्ता कुनै पनि गतिविधिहरूको लागि जिम्मेवार छैनौं,’ उसले भनेको छ ।
हेझोउले जगदुल्लालाई भनेको छ, ‘हामी तपाईंको संस्थालाई कुनै पनि व्यावसायिक लेनदेनमा संलग्न हुनुअघि सावधानी अपनाउन र लगनशीलता अपनाउन आग्रह गर्दछौं ।’
उसले थप भनेको छ, ‘हाम्रो कम्पनीले कानुनबमोजिम जिम्मेवार पक्षहरूलाई जवाफदेही बनाउन कानुनी कारबाही गर्ने अधिकार सुरक्षित राख्छ ।’
स्रोतका अनुसार नक्कली कागजात राखेर प्राविधिक मूल्यांकनमा पर्न सफल भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न थालेपछि ज्याङ्सीका कर्मचारी भाग्न थालेका छन् ।
जगदुल्लाको टेण्डर भर्दा ज्याङ्सीले नेपालमा अन्य कुनै आयोजनामा काम गरेको भए विवरण खुलाउन भनेको थियो । ज्याङ्सीले नेपालमा कुनै पनि आयोजनामा संलग्न नभएको घोषणा गरेको थियो । जबकि नेपाली सेनाले ठेक्का लगाएको फास्ट ट्रयाकको प्याकेज ९ ए को ठेक्का ज्याङ्सीले नेपाली ठेकेदार हनुमान बानियाँसँग मिलेर गरिरहेको छ ।
स्रोतका आफ्नो जालसाजी र कीर्ते गरेको सार्वजनिक भइसकेको र अख्तियारले पनि छानबिन गर्न थलेपछि आफ्नो बिडबण्ड (४० करोड रुपैयाँ) जोगाउन र कालोसूचीमा नपर्न जगदुल्लाको ठेक्का नै रद्द गराउन लागिपरेको छ ।
यहाँसम्म कि जगदुल्लामा ज्याङ्सीले साझेदार बनाएको नेपाली ठेकेदार कम्पनी एएनकेसँग पनि जलविद्युत् आयोजना बनाएको अनुभव छैन ।
ऊर्जा मन्त्री दीपक खड्काको जगदुल्लामा गहिरो चासो रहँदै आएको छ । उनकै कारण ठेक्काको शर्त थप्ने, म्याद थप हुने, रद्द हुने, पुनः ठेक्का हुने क्रियाकलाप हुँदै आइरहेका छन् ।
ज्याङ्सीले गरेको बदमासीलाई सामान्य भाषामा यसरी बुझ्न सकिन्छ, उदाहरणका रुपमा ।
मानौं, नेपाल विद्युत् प्राधिकरणले माथिल्लो अरुण (१०६३ मेगावाट) बनाउन ठेक्का गर्यो । ठेक्काको शर्त थियो ७ सय मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाएको हुनुपर्ने । अनि ठेक्का पाउन अन्तर्राष्ट्रिय ठेकेदारले दूधकोसी (६७५ मेगावाट) बनाएँ भनेर कागजपत्र मिलायो । फोटो कुनै अर्कै आयोजनाको हाल्यो । अनि दूधकोसीको प्रवद्र्धकको नक्कली लेटर हेडमा चिठी पनि आयो । जबकि दूधकोसी बनेकै छैन, तर दूधकोसीको प्रर्वद्धकको कागजपत्र कीर्ते गरी चिठी पठायो ।
पछि दूधकोसीले यस्तो कुरा थाहा पायो । अनि उसले प्राधिकरणलाई प्रतिवाद गर्दै पत्र लेख्यो— यी सबै बदमासी हुन्, हामीले आयोजना बनाएकै छैनौं ।
ठीक ज्याङ्सीको यो खेललाई यही उदाहरणले बुझ्न सकिन्छ ।
जसको बनाएँ भनेकोे थियो, उसैले बनाएकै छैन भनेर जगदुुल्ला हाइड्रोपावरलाई लेख्याे (पत्रसहित)
नेपालमा जलविद्युत्, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानी गर्न श्रीलंकाली निजी क्षेत्रलाई चेम्बर अध्यक्षको आग्रह
ऊर्जा मन्त्री कर्मचारीहरुसँग असन्तुष्ट, भने, 'विद्यार्थीले रातभर पढेझैं देखिने तर नतिजा फेल हुने'
सेयर बजार ८.५७ अङ्कले घट्यो
बजेटसम्बद्ध प्रकाशनहरुको तयारी अन्तिम चरणमा
कर्णाली चिसापानी आयोजनाका मूल उद्देश्यहरु