ट्युबवेल बोरिङ जडानपछि किसानलाई सिँचाइ सुविधा
जलसरोकार
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ मा सिँचाइ अभाव झेल्दै आएका किसानलाई ट्युबवेल बोरिङ जडान भएपछि राहत मिलेको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले सञ्चालन गरेको योजनामार्फत यहाँ सिँचाइ सुविधा विस्तार गरिएको हो।
रु ४० लाख लागतमा जडान गरिएको अटोजन (ट्युबवेल) बोरिङमार्फत करिब ६० बिघा खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने लक्ष्य राखिएको छ । यसअघि भरपर्दो सिँचाइ व्यवस्था नहुँदा धेरै किसानले खेतबारी बाँझै राख्नुपर्ने अवस्था थियो ।
वडा नं ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीका अनुसार पहिले किसानले सिँचाइका लागि खोला तथा नदीबाट पम्पसेट प्रयोग गरी पानी तान्नुपर्ने बाध्यता थियो। “पानी तान्न धेरै खर्च लाग्थ्यो, त्यसले किसानको लागत बढाउँथ्यो,” उनले बताए ।
स्थानीय किसान मोहन चौधरीले ट्युबवेल जडान भएपछि सिँचाइका लागि खोला–नदीमा निर्भर रहनुपर्ने अवस्था हटेको बताए ।
यस योजनाबाट क्षेत्रका करिब तीन सयभन्दा बढी किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार