सिँचाइ नहर मर्मतपछि सञ्चालनमा
जलसरोकार
बाँके: जिल्लाको राप्ती सोनारी–३ बैजापुरमा नहर मर्मत भएपछि किसान लाभान्वित भएका छन् ।
अतिक्रमणका कारण भग्नावशेष मात्र बाँकी रहेको राजकुलो सिँचाइ नहर वडा कार्यालयको पहलमा मर्मत भएपछि बैजापुरका ३०० किसानका करिव ३०० बिघाह जमिनमा सिँचाइ सुविधा पुगेको राप्ती सोनारी–३ का वडाध्यक्ष मिनकुमार चौधरीले जानकारी दिए ।
“कुलो मर्मत गरेर सिक्टा सिँचाइ आयोजनाको पानी मिसाएपछि अहिले राप्ती सोनारी गाउँपालिका–३ र ४ बैजापुरको नारायणपुर, साइपुर, जङ्गपुर र लामिडाँडा क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ”, वडाध्यक्ष चौधरीले भने, “वडा नं ३ को बनघुस्री गाउँदेखि वडा नं ४को लामीडाँडा हुँदै नारायणपुरसम्म करिव ७०० मिटर पुरानो राजकुलो मर्मत गरेपछि सिँचाइ सुविधा पुगेको हो ।”
उनका अनुसार, सिक्टा सिँचाइ आयोजना र राप्ती सोनारी गाउँपालिकाको सहयोगमा राजकुलो मर्मत भएपश्चात किसानको खेतवारीमा सिँचाइ सुविधा पुगेको छ । सिक्टा सिँचाइ आयोजनाले कुलो निर्माणको लागि मेसिन उपलब्ध गराएको थियो भने गाउँपालिकाले माटो व्यवस्थापनमा लाग्ने खर्च व्यहोरेको थियो ।
करिव रु १० लाख लगानीमा राजकुलो मर्मत गरिएको हो । नारायणपुरका स्थानीय चक्र केसीले भने, “पहिला राजकुलोमा आउने पानीले सिँचाइ गर्ने गथ्र्यौँ, पछि हरायो, आशा मारेर बसेको बेला अहिले फेरि खेतवारीमा पानी आउँदा खुशी लागेको छ ।”
राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले खेतीयोग्य जमिनमा सिँचाइ सुविधाका लागि गाउँपालिकाले हरसम्भव प्रयास गरिरहेको बताए । उनले सिक्टा सिँचाइ आयोजनाबाट सोझै सिँचाइ सुविधा नपुग्ने क्षेत्रमा लिफ्टिङ प्रविधिमार्पmत किसानलाई सिँचाइ सुविधा उपलब्ध गराइने जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो