तादी जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो
जलसरोकार
काठमाडौं : आठ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत् आयोजना निर्माणका लागि एबिपी इनर्जी प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच ऋण सुविधा सम्बन्धी सम्झौता भएको छ
सम्झौतापत्रमा एबिपी इनर्जी प्रालिका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ बैंकका क्रेडिट हेड अमित श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
आयोजनाको अनुमानित लागत रु एक अर्ब ६४ करोड रहेको छ । कुल लागतको ७५ प्रतिशत अर्थात् रु एक अर्ब २३ करोड दीर्घकालीन कर्जामार्फत व्यवस्थापन गर्ने गरी सिद्धार्थ बैंकसँग सम्झौता भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
बाँकी २५ प्रतिशत रकम इक्विटीबाट व्यवस्थापन गरिने उनले बताए ।
यो आयोजना अनुभवी प्रवद्र्धकहरुको समूहले निर्माण गरिरहेको छ । कम्पनीका सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का महासचिव बलराम खतिवडा र सूचना प्रविधि विज्ञ असगर अली रहेका छन् ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माणाधीन तादी घ्याङफेदी जलविद्युत् आयोजना १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको आवश्यक व्यावसायिक उत्पादन मिति (आरसीओडी) सन् २०२७ को मे १४ तोकिएको छ ।
इपानका महासचिव एवं आयोजना निर्देशक खतिवडाले जलविद्युत् आयोजना सञ्चालनमा आएपछि त्यसबाट आयआर्जन गर्ने लक्ष्य रहेको बताए ।
गोसाइँकुण्ड जाने पदमार्गमा आयोजना निर्माण हुने भएकाले आयोजनाले निर्माण गरेको क्याम्प हाउसलाई होमस्टेमा परिणत गर्न सकिने र पर्यटकलाई आतिथ्यसत्कारको सुविधा उपलब्ध गराउन सकिने उनले बताए ।
सो आयोजनाको उत्पादन अनुमतिपत्र विद्युत् विकास विभागबाट २०७४ असार २८ गते प्राप्त भएको थियो । सन् २०२४ सेप्टेम्बर १३ मा विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भएको थियो ।
तीन हजार ९०० मिटर पाइपलाइन रहेको सो आयोजनाको हेड ४४६ मिटर रहेको छ ।
डिजाइन निर्वहन २.२ क्यूसेक छ। वार्षिक चार करोड ८७ लाख युनिट विद्युत् उत्पादन गर्ने आयोजनाबाट वार्षिक रु २९ करोड आम्दानी हुने अनुमान गरिएको छ ।
आयोजनाबाट सुख्खायाममा १५.९७ गिगावाट घण्टा र वर्षायाममा ३२.७७ गिगावाट घण्टा विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को पहिलो बैठक काठमाडौंमा सम्पन्न
-
विद्युत प्राधिकरणको चर्चित रुम नम्बर २२५ : मोदी कम्पनीको अध्यक्षको सचिवालयमा रहने गरी कर्मचारीलाई जिम्मेवारी
-
विद्युत् बिक्री आम्दानी बढेसँगै बुटवल पावरको नाफा २२ करोड ५३ लाख रुपैयाँ, ६ महिनामा १६.२५ प्रतिशतले वृद्धि
-
अपि पावरको नाफा ३६.७५ प्रतिशतले बढ्यो, ६ महिनामा ४२.६२ करोड कमाइ
-
पाँच वर्षमा ६५ प्रतिशत कृषियोग्य जमिनमा सिँचाइ पुर्याउने नेकपाको लक्ष्य
-
सुनचाँदीको मूल्य लगातार उकालो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?