सवारी दुर्घटना न्यूनीकरण गर्न विद्युत् पोलमा ‘स्मार्ट लाइट’ जडान सुरु
जलसरोकार
उदयपुर: जिल्लाको त्रियुगा नगरपालिकामा रात्रिकालीन समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ ।
नगरपालिकाका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने गाईघाट, पुरानो गाईघाट, असारी सडकका मुख्य बजार र चोकका विद्युत् पोलमा ‘स्मार्ट लाइट’ जडान सुरु गरिएको हो । त्रिनपा–९ को गैरुन, राजाबास तथा चुहाडे क्षेत्रका मुख्य सडकका चोकहरुमा पनि स्मार्ट लाइट जडान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी, सगरमाथा सडकअन्तर्गत त्रिनपा–५,४ र ३ को देउरी, बगाहा, मोतिगडा, भुल्के, खैजनपुरसहित त्रिनपा–१० बोक्से क्षेत्रको चोक र भीड हुने स्थानहरुमा स्मार्ट लाइट जडान भइरहेको छ ।
नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतका अनुसार नगरको ती क्षेत्रहरुमा प्रत्येक महिना सवारी दुर्घटना हुन थालेपछि दुर्घटना न्यूनीकरण गर्न उज्यालो नगर अभियान सुरु गरिएको हो । विसं २०६५ सम्म नगरभित्र ५६ हजार मात्र जनसङ्ख्या रहेकामा हाल एक लाख ३० हजार पुगेको छ । यातायातका साधनहरु यस क्षेत्र हुँदै दैनिक चार हजारभन्दा बढी गुड्ने गर्दछन् । (रासस)
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी