साताको अन्तिम कारोबारमा सेयर बजार ७.३१ अंकले घट्यो, ४ अर्ब १३ करोडको कारोबार
जलसरोकार
काठमाडौं– साताको अन्तिम कारोबारको दिन सेयर बजार ७.३१ अंकले घटेको छ । बिहीबार बजार ७.३१ अंक घटेर १९९८.९६ मा झरेको हो । अघिल्लो कारोबारमा २५.९३ अंक बढेको बजार आज ७.३१ अंकले घटेको छ । ७ अंक घटेको बजार ७८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ ।
४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७२६ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो कारोबारको दिन बजार ४ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।
९४ लाख ९८ हजार २९८ कित्ता सेयर ६४ हजार १८१ पटकमा खरिद बिक्री भएको छ । उपसूचक समूहतर्फ माइक्रो फाइनान्स बाहेक अन्य समूह राताम्मे देखिएको छ ।
सबैभन्दा बढी विकास बैंक समूह २.०३ प्रतिशतले घटेको छ । बजार घटेपनि समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त, साधना लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रके लागेको छ ।
सेयर बजार २६ अंक बढेर २ हजार विन्दुमाथि, विकास बैंकको सेयर मूल्यमा उच्च वृद्धि
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना