सेयर बजार २६ अंक बढेर २ हजार विन्दुमाथि, विकास बैंकको सेयर मूल्यमा उच्च वृद्धि
जलसरोकार
काठमाडौं– साताको तेस्रो कारोबारमा सेयर बजार परिसूचक २६ अंकले बढेको छ । आज बजार परिसूचक २५.९३ अंक बढेर २००६.२८ विन्दुमा उक्लिएको हो ।
बजारसँगै कारोबार पनि उल्लेख्य बढोत्तरी भएको छ । अघिल्लो कारोबारमा २ अर्ब ६८ करोडको सेयर खरिद बिक्री भएको बजारमा आज ४ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
१ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर ७५ हजार २७१ पटकमा खरिद बिक्री भएको छ । २६ अंकले बढेको बजार बढ्दा २१५ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको सेयर मूल्य घटेको छ । कर्पोरेट विकास बैंक र इन्फिनिटी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बजार बढ्दा पनि फाइनान्स समूहको सेयर मूल्यमा भने गिरावट आएको छ । फाइनान्स समूह १.१८ प्रतिशतले घटेको छ । बाँकी समूहगत सूचक भने बढेका छन् । आज सबैभन्दा धेरै विकास बैक समूहको सेयर मूल्य बढेको छ । विकास बैंक समूह ४.९० प्रतिशतले बढेको छ । शाइन रेसुंगा विकास बैंकको सबैभन्दा धेरै १८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। कारोबार धेरै हुने ५ कम्पनीमध्ये ३ वटा भने फाइनान्स छन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना