तातोपानी र रसुवागढीबाट विद्युतीय सवारी आयात ह्वातै बढ्यो
जलसरोकार
काठमाडौं–जेठ पहिलो हप्ता मात्रै उत्तरी नाकाबाट १ हजार बढी विद्युतीय गाडी भित्रिएका छन्। जेठ १५ मा आउने बजेटसँगै कर बढ्ने डरले व्यवसायीले पहिलो हप्ता नै एक हजार गाडी छुटाएका हुन्।
गत वैशाख महिनाभरि उत्तरका २ वटा नाकाबाट १ हजार गाडी भित्रिएका थिए। तर जेठ लागेपछि ७ दिनमै वैशाखमा भन्दा बढी गाडी आयात भएका छन्। चिनियाँ ब्रान्डका सबै गाडी उत्तरी नाका रसुवागढी र तातोपानीबाट आउँछन्।
जेठ ७ गतेसम्म रसुवा भन्सार कार्यालयबाट ४८८ वटा गाडी छुटेका छन्। जसमा बीवाईडीका अट्टो थ्रि ३३६ भित्रिँदा विद्युतीय माइक्रो ९४ वटा भित्रिएका छन्। सामान्य अवस्थामा बढी गाडी रसुवा भन्सार कार्यालयबाट भित्रिन्छन्।
जेठ १ देखि ७ गतेसम्म रसुवाको तुलनामा तातोपानी नाकाबाट बढी भित्रिएको देखिन्छ। तातोपानीबाट ७ दिनमै निजी प्यासेन्जर गाडी ५१२ वटा भित्रिएका छन्। यसरी आउनेमा सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका गाडी छन्। त्यसबाहेक विद्युतीय माइक्रो २१ वटा भित्रिएका छन्।
व्यवसायीले जेठ १५ गते आउने आगामी वर्षको अर्थिक विधेयकमा कर बढ्ने आकलनमा धमाधम गाडी छुटाएका छन्। चालू आर्थिक वर्षमा सबैभन्दा बढी वैशाखमा १४ सय ४ वटा भित्रिएका थिए।
व्यवसायीले जेठ १५ मा सरकारले कर बढाए बढी फाइदा हुने सोचमा धेरै गाडी छुटाएका हुन्। भन्सारका अधिकारीहरुका अनुसार उत्तरीसँगै दक्षिणी नाकाबाट समेत विद्युतीय गाडी छुटेका छन्।
लगातार गाडी छुटाए हालसम्मकै बढी गाडी जेठमा भित्रिने भन्सारका कर्मचारीको आँकलन छ। यता बजेटपछि गाडी महंगो हुने डरले सामान्य अवस्थाभन्दा अहिले खरिदकर्ता बढी रहेको व्यवसायी बताउँछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी