कर हेरफेरको हल्लाले एकै महिनामा विद्युतीय सवारी आयात ह्वात्तै बढ्यो
जलसरोकार
काठमाडौं – सरकारले विद्युतीय सवारीमा कर बढाउने हल्लाले विद्युतीय सवारी (जीप, कार र भ्यान) आयात ह्वात्तै बढेको छ । वैशाख महिनामा मात्रै झण्डै १५०० वटा विद्युतीय सवारी साधन आयात भएका छन् । भन्सार विभागले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनामा मात्रै १ हजार ४०४ वटा विद्युतीय सवारी साधन देशमा भित्रिएका छन् । यो चैत महिनाको तुलनामा १९.७९ प्रतिशत बढी हो । चैतमा ६५८ वटा मात्रै विद्युतीय सवारी भित्रिएको थियो ।
सरकारले विद्युतीय सवारीमा कर बढाउने हल्लाले गाडी आयात बढेको तथ्याङ्कले देखाउँछ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय सवारी कर बढाउने हल्ला छ । यति बेला सरकारले राजश्वमा ठुलो धक्का पुगेको भन्दै विद्युतीय सवारीमा कर बढाउने हल्ला चलिरहेको छ, विद्युतीय सवारी साधनमा कर वृद्धिको चर्चासँगै व्यवसायीहरुले ठुलो संख्यामा गाडी आयात गरेको हुन सक्ने जानकारहरु बताउँछन् ।
हाल विद्युतीय गाडीको आयातमा गाडी र ब्याट्रीको क्षमताअनुसार १० देखि ८० प्रतिशतसम्म कर लगाइँदै आइएको छ । अब त्यसलाई बढाउने योजना बनाएको भन्दै एकै महिनामा उल्लेख्य मात्रामा विद्युतीय सवारी साधन नेपाल भित्रिएका हुन् । जेठ १५ गते सरकारले प्रस्तुत गर्ने बजेटमा विद्युतीय सवारी साधनमा कर हेरफेर हुने भन्दै यो महिना उल्लेख्य मात्रामा विद्युतीय सवारी साधानको आयात भएको तथ्यांकले देखाउँछ । हाल नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिकिा र इन्डोनेसिया लगायतका मुलुकहरुबाट विद्युतीय गाडी आयात हुने गरेको छ ।
ती मुलुकहरुबाट ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका विद्युतीय सवारी साधन आयात हुँदै आएका छन् । १० महिनाको अवधिमा भने कुल २१ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरका ८ हजार ४९७ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । वैशाखसम्ममा सबैभन्दा धेरै चीनबाट १५ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बराबरको ५ हजार ५४७ वटा विद्युतीय सवारी साधन आयात भएको छ । समिक्षा अवधिमा भारतबाट ५२ कारेड ६६ लाख बराबरको २ हजार ७४५ वटा, कोरियाबाट २७ करोड ३७ लाख बराबरका ४८ वटा विद्युतीय सवारी साधन आयात भएको छ । यस्तै, जर्मनबाट ८ करोड २४ लाखका १३ वटा, इन्डोनेसियाबाट पनि २७ करोड ४८ लाख बराबरको १४१ वटा र अमेरिकाबाट १ करोड ६६ लाख बढीको ३ वटा विद्युतीय सवारी साधन आयात भएको विभागले जनाएको छ ।
विभागका अनुसार मासिक औसत साढे ८ वटा विद्युतीय सवारी साधन आयात हुने गरेको देखिन्छ । गत फागुनमा २७६ वटा, माघ महिनामा १ हजार ५२, पुसमा १ हजार ४२१ वटा विद्युतीय सवारी साधन आयात भएका थिए । यस्तै, मंसिरमा ८९९ वटा, कात्तिकमा ६५२ वटा, असोज १ हजार २३७, भदौमा ७८८ वटा र गत साउनमा भने ११० वटा मात्रै विद्युतीय सवारी साधन आयात गरिएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?