ऊर्जा क्षेत्रमा ठूलो धनराशी खर्च, प्राविधिक जनशक्तिको भने अभाव छ : मन्त्री खड्का


काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले देशमा प्राविधिक जनशक्तिको ठूलो अभाव देखिएको बताएका छन् । आइतबार पुल्चोक क्याम्पसमा प्रयोगशाला उद्घाटन समारोहमा बोल्दै उनले ऊर्जा क्षेत्रमा ठूलो धनराशी खर्च भइरहेको भए पनि जनशक्तिको ठूलो अभाव रहेको बताए ।
उनले भने, ‘ऊर्जा क्षेत्रमा ठूलो धनराशी खर्च भइरहेको छ । यस्तो खर्च भइरहँदा हाम्रो जनशक्ति कमजोर देखिएको छ । अस्तिमात्र म केही प्रोजेक्टहरु निरीक्षणमा जाँदै गर्दा टर्बाइनहरु रिपेरिङ गर्ने बेलामा जनशक्तिको असाध्यै ठूलो अभाव देखियो । त्यसकारण हामीलाई चाहिने जनशक्ति उत्पादन गरेर यही सदुपयोग गर्न पाइयो भने अरुको भर पर्न पर्दैन । रोजगारी पनि सिर्जना हुन्छन् ।’
मन्त्री खड्काले पछिल्लो समय नयाँ नयाँ प्रविधिहरु आइरहँदा प्रविधिलाई सुरक्षित गर्न के गर्न सकिन्छ भनी अध्ययन अध्यापन अत्यन्तै जरुरी रहेको बताए ।
उनले भने, ‘हरेक घरमा विद्युतीय सामग्री हुन्छन् । जोखिम खालका हुन्छन् । नयाँ नयाँ प्रविधीहरु आइरहेको छन् । त्यो प्रविधिको प्रयोग धेरैभन्दा धेरै गर्नुपर्नेछ । त्यसकारणले पनि यस्ता प्रविधिहरुलाई सुरक्षित गर्न के गर्न सकिन्छ भनी अध्ययन अध्यापन अत्यन्त गर्न जरुरी छ, थियो र भइरहेको छ ।’
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्री घिसिङ मन्त्रालय र प्राधिकरणका टोलीसहित आफै पुगे भार प्रेषण केन्द्र
-
ट्रंक तथा डेडिकेटेडकाे बक्यौता नतिर्ने उद्योगहरुकाे लाइन काट्न सुरु
-
लक्ष्मी पूजाको साँझ विद्युत्को उच्चतम खपत १६५० मेगावाट
-
आगामी २४ घण्टामा अधिकांश भू-भागमा मौसम सफा, पहाडी क्षेत्रमा आंशिक बदली
-
पाकिस्तान दूतावास र नेपाल-पाकिस्तान युवा परिषद्द्वारा इलामका बाढीपीडितलाई राहत सहयोग
-
तोलामा ३ सय रुपैयाँले बढ्यो सुन, हेर्नुहोस् आजको मुल्य कति ?