ऊर्जा क्षेत्रमा ठूलो धनराशी खर्च, प्राविधिक जनशक्तिको भने अभाव छ : मन्त्री खड्का
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले देशमा प्राविधिक जनशक्तिको ठूलो अभाव देखिएको बताएका छन् । आइतबार पुल्चोक क्याम्पसमा प्रयोगशाला उद्घाटन समारोहमा बोल्दै उनले ऊर्जा क्षेत्रमा ठूलो धनराशी खर्च भइरहेको भए पनि जनशक्तिको ठूलो अभाव रहेको बताए ।
उनले भने, ‘ऊर्जा क्षेत्रमा ठूलो धनराशी खर्च भइरहेको छ । यस्तो खर्च भइरहँदा हाम्रो जनशक्ति कमजोर देखिएको छ । अस्तिमात्र म केही प्रोजेक्टहरु निरीक्षणमा जाँदै गर्दा टर्बाइनहरु रिपेरिङ गर्ने बेलामा जनशक्तिको असाध्यै ठूलो अभाव देखियो । त्यसकारण हामीलाई चाहिने जनशक्ति उत्पादन गरेर यही सदुपयोग गर्न पाइयो भने अरुको भर पर्न पर्दैन । रोजगारी पनि सिर्जना हुन्छन् ।’
मन्त्री खड्काले पछिल्लो समय नयाँ नयाँ प्रविधिहरु आइरहँदा प्रविधिलाई सुरक्षित गर्न के गर्न सकिन्छ भनी अध्ययन अध्यापन अत्यन्तै जरुरी रहेको बताए ।
उनले भने, ‘हरेक घरमा विद्युतीय सामग्री हुन्छन् । जोखिम खालका हुन्छन् । नयाँ नयाँ प्रविधीहरु आइरहेको छन् । त्यो प्रविधिको प्रयोग धेरैभन्दा धेरै गर्नुपर्नेछ । त्यसकारणले पनि यस्ता प्रविधिहरुलाई सुरक्षित गर्न के गर्न सकिन्छ भनी अध्ययन अध्यापन अत्यन्त गर्न जरुरी छ, थियो र भइरहेको छ ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स