आगामी २४ घण्टामा अधिकांश भू-भागमा मौसम सफा, पहाडी क्षेत्रमा आंशिक बदली


काठमाडौँ : आगामी २४ घण्टासम्म देशका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने भए पनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
कोशी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा फाटफुट वर्षा पर्ने सम्भावना रहेको विभागले जनाएको छ।
आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। फलस्वरूप स्थिर र सामान्य मौसम रहने अनुमान गरिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्री घिसिङ मन्त्रालय र प्राधिकरणका टोलीसहित आफै पुगे भार प्रेषण केन्द्र
-
ट्रंक तथा डेडिकेटेडकाे बक्यौता नतिर्ने उद्योगहरुकाे लाइन काट्न सुरु
-
लक्ष्मी पूजाको साँझ विद्युत्को उच्चतम खपत १६५० मेगावाट
-
आगामी २४ घण्टामा अधिकांश भू-भागमा मौसम सफा, पहाडी क्षेत्रमा आंशिक बदली
-
पाकिस्तान दूतावास र नेपाल-पाकिस्तान युवा परिषद्द्वारा इलामका बाढीपीडितलाई राहत सहयोग
-
तोलामा ३ सय रुपैयाँले बढ्यो सुन, हेर्नुहोस् आजको मुल्य कति ?