आगामी २४ घण्टामा अधिकांश भू-भागमा मौसम सफा, पहाडी क्षेत्रमा आंशिक बदली
जलसरोकार
काठमाडौँ : आगामी २४ घण्टासम्म देशका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने भए पनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
कोशी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा फाटफुट वर्षा पर्ने सम्भावना रहेको विभागले जनाएको छ।
आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। फलस्वरूप स्थिर र सामान्य मौसम रहने अनुमान गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता