एक सातामा काठमाडौंको तापक्रम कति घटबढ भयो ?
जलसरोकार
काठमाडौं,: काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शनिबारको तुलनामा आइतबार बढेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको थियो ।
शनिबार न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको थियो । आइतबार बिहान काठमाडौंको आकाश बादलले ढाकेका कारण न्यूनतम तापक्रम केही बढेको मौसमविद् प्रतिभा मानन्धरले बताए ।
’
बिहान बादल भएका कारण न्यूनतम तापक्रम घट्न पाएन,’ उनले भनिन् । काठमाडौंमा आज दिनभरि आंशिक बदलीको हुने पनि उनले बताइन् ।
’घाम लाग्ने र बादल लाग्ने भइरहन्छ । वर्षाको सम्भावना भने छैन,’ मौसमविद् मानन्धरले भनिन्। काठमाडौंमा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ ।
एक सातामा कति घटबढ भयो ?
एक साताअघि गत आइतबार काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको थियो ।
त्यसपछि सोमबार ४.४, मंगलबार ६ र बुधबार ६.६, बिहीबार ६.२, शुक्रबार ६.१ र शनिबार ५.४ डिग्री सेल्सियस मापन भएको थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड