एक सातामा काठमाडौंको तापक्रम कति घटबढ भयो ?
जलसरोकार
काठमाडौं,: काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शनिबारको तुलनामा आइतबार बढेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको थियो ।
शनिबार न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको थियो । आइतबार बिहान काठमाडौंको आकाश बादलले ढाकेका कारण न्यूनतम तापक्रम केही बढेको मौसमविद् प्रतिभा मानन्धरले बताए ।
’
बिहान बादल भएका कारण न्यूनतम तापक्रम घट्न पाएन,’ उनले भनिन् । काठमाडौंमा आज दिनभरि आंशिक बदलीको हुने पनि उनले बताइन् ।
’घाम लाग्ने र बादल लाग्ने भइरहन्छ । वर्षाको सम्भावना भने छैन,’ मौसमविद् मानन्धरले भनिन्। काठमाडौंमा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ ।
एक सातामा कति घटबढ भयो ?
एक साताअघि गत आइतबार काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको थियो ।
त्यसपछि सोमबार ४.४, मंगलबार ६ र बुधबार ६.६, बिहीबार ६.२, शुक्रबार ६.१ र शनिबार ५.४ डिग्री सेल्सियस मापन भएको थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता