हुम्लामा बाक्लो हिमपात
जलसरोकार
सिमकोट,: जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको हो ।
सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका लक्ष्मी रोकायाले बताए । नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको नाम्खा गाउँपालिका–६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।
््
लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ । हिउँपर्ने क्रम नरोकिएको बताउँदै उनले उच्च हिमाली भेग न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताए । यसवर्ष जिल्लामा पाँचाँैं पटक हिमपात भएको हो । यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड