हुम्लामा बाक्लो हिमपात
जलसरोकार
सिमकोट,: जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको हो ।
सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका लक्ष्मी रोकायाले बताए । नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको नाम्खा गाउँपालिका–६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।
््
लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ । हिउँपर्ने क्रम नरोकिएको बताउँदै उनले उच्च हिमाली भेग न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताए । यसवर्ष जिल्लामा पाँचाँैं पटक हिमपात भएको हो । यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता