रसुवागढी हाइड्रोपावरको साधारणसभा २९ पुसमा
जलसरोकार
काठमाडौं,: रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले २९ पुसमा साधारण सभा गर्ने भएको छ ।
उक्त साधारणसभा स्मार्ट मल धुम्बाराहीमा आयोजना गरिने भएको छ ।
साधारणसभाबाट कम्पनीको सञ्चालक समितिमा रहने २ जना स्वतन्त्र सञ्चालकको मनोनयन/निर्वाचनका विषयमा समेत छलफल सने उक्त कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार साधारण सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ । २०८१ असार मसान्तको वासलात तथा आव २०८०/८१ को आर्थिक विवरणउपर छलफल गरी पारित गरिनेछ । चालू आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने लगायतका प्रस्तावमाथि छलफल हुनेछ ।
कम्पनीले रसुवामा १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याउने तयारी समेत भइरहेको कम्पनीले बताएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना