तनहुँमा आठ वटा सिँचाईं योजना सम्पन्न


काठमाडौं– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा आठ वटा सिँचाइ योजना सम्पन्न गरेको छ । चालु आवको हालसम्म पाँच सिँचाइ र तीन वटा तटबन्धनका योजना सम्पन्न गरेको कार्यालयले जनाएको छ ।
शुक्लागण्डकी–६ स्थित ज्याम्दी खोलामा करिब दुई सय ३३ मिटर लामो सिँचाइ योजना सम्पन्न भएको छ । उक्त योजनामार्फत १५ हेक्टर क्षेत्रफल सिँचाइ सुविधा पुग्दा ३० घरधुरी लाभान्वित भएका सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर विनोद केसीले जानकारी दिए। उनकाअनुसार गण्डकी प्रदेश सरकारको रु १२ लाखको लागतमा उक्त योजना सम्पन्न भएको हो ।
जिल्लाको घिरिङ गाउँपालिका–३ स्थित फडुवा छबिसेमा दुई सय ४५ मिटर लामो सिँचाइ कुलो निर्माण पश्चात् ५० घरधुरी लाभान्वित भएका केसीले बताए । बन्दीपुर–१ मा देवीखोलामा खहरे सिँचाइ योजना सम्पन्न गरिएको छ । स्थानीय देवीखोलाबाट एक हजार आठ सय मिटर लामो पाइपलाइनबाट पानी ल्याएर बीस वटा धारा निर्माण गरिएको उनको भनाइ छ ।
कार्यालयका इन्जिनियर पुष्पराज श्रेष्ठका अनुसार चालु आवमा दुई ट्याङ्की र साठी वटा धारा निर्माण गर्नुपर्नेमा बजेट अभावका कारण एक ट्याङ्की र २० धारा मात्रै निर्माण गरिएको छ । मगर समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा ८५ घरधुरी लाभान्वित हुने उनले बताए ।
इन्जिनियर श्रेष्ठका अनुसार व्यास–६ स्थित अम्रेनी काफ्ले फाँटमा तीन सय ४५ मिटर लामो पक्की कुलो निर्माण गरिएको छ । उक्त स्थानमा यसअघि माटोको कुलो रहेकाले रु २० लाखको लागतमा पक्की कुलो निर्माण गरिएको उनको भनाइ छ । म्याग्दे–७ स्थित बिर्ता कुलो सिँचाइ योजनाअन्र्तगत एक सय ९० मिटर लामो कुलो रु १० लाखमा निर्माण गरिएको भन्दै यसबाट २५ घरधुरी लाभान्वित हुने उनले जानकारी दिए ।
भीमाद–८ क्याङदी खोलामा करिब २५ मिटर लामो तटबन्ध निर्माण गरिएको छ । उक्त तटबन्ध निर्माण पश्चात् बस्ती र खेत संरक्षण भएको स्थानीय बताउँछन् । गण्डकी प्रदेश सरकारको रु २० लाखको लागतमा सम्पन्न भएको योजनाबाट करिब दुई सय घरपरिवार लाभान्वित भएका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख प्रकाश लम्सालले जानकारी दिए ।
उनका अनुसार भीमाद–२ स्थित मैदीखोला कुडुल्नेमा रु १० लाखमा निर्माण गरिएको तटबन्धबाट ५० घरधुरी लाभान्वित भएका छन् । उक्त तटबन्ध करिब ४० मिटर लामो छ । ‘व्यास–११ मा एक सय मिटरको पक्की बाँध रु १० लाखमा निर्माण गरिएको छ । उक्त बाँधबाट २० घरधुरी लाभान्वित भएका छन्’, उनले भने । निर्माणधीन अवस्थामा रहेका एक सय योजनामध्ये चालु आवमा ६० वटा सम्पन्न गर्ने लक्ष्य राखिएको डिभिजन प्रमुख लम्सालले जानकारी दिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणमा गाडीको चरम दुरुपयोग, सञ्चालकलाई अनधिकृत र पाँच तहकी आफ्नी पीएलाई पनि गाडी
-
ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फन्ड असार २२ गतेदेखि निष्कासनमा
-
‘ऊर्जा सम्मेलन २०२५’ आगामी असोज १ र २ मा
-
ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह
-
मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना
-
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो