सीइओ गौतमका अनुसार दायाँतर्फको डिस्याण्डरमा धेरै क्षति छ । बायाँतर्फको डिस्याण्डरको बक्स कल्भर्टमा क्र्याक देखिएको तर त्यसलाई ग्राउटिङ (सिमेन्ट भर्ने) गरेर मर्मत गर्न सकिए पनि दायाँँतर्फका बक्स कल्भर्ट भत्केको छ भने त्यसको मुख नै देखिंदैन ।
‘टालटुल गरेर चलाएको भए पनि सकिन्थ्यो, तर हामीले पिकिङ रन अफ रिभर प्रकृति (साँझको अत्यधिक माग धान्न उत्पादन गरिने) मै जाने निधो ग¥र्याैं,’ सीइओ गौतमले जलसरोकारसँग भने, ‘अब पूर्ण रुपमा पीआरओरमै जानका लागि दुबै डिस्याण्डरको मर्मत गरिरहेका छौं ।’
उनका अनुसार आगामी पुस दोस्रो सातादेखि माथिल्लो तामाकोसीबाट १३० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । तामाकोसी नदीको पानी उपलब्धताको हिसाबमा मंसिर महिनामा सिंगो आयोजनाबाट १७० मेगावाट उत्पादन हुन्छ भने पुस, माघ र फागुनसम्म घट्दै जाने चरित्र छ ।
कम्पनीले आगामी वर्षायामअघि नै दुबै डिस्याण्डर पूर्ण रुपमा सञ्चालनमा ल्याउने कार्य योजना बनाएको सीइओ गौतमले बताए ।
दायाँतर्फको डिस्याण्डर मर्मतका लागि नयाँ ठेक्का नै गर्नुपर्नेछ । हालको मर्मत तामाकोसीकै सहायक कम्पनीले निर्माण गर्न लागेको रोल्वालिङ खोलाको सिभिल ठेकेदार हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रा.लि. ले गरिरहेको छ ।
पहिरोले ध्वस्त पारेको बाँध कन्ट्रोल रुम पुनः निर्माण गर्न भने डेढ, दुई वर्ष लाग्ने कम्पनीले जनाएको छ ।
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का
बालकुमारीमा विद्युत चुहावट भएर आगलागी
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का पानी पर्ने
चार महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात
सत्र सयको श्रमदान : मल्पी–लिलावती सिँचाइ कुलो पुनःनिर्माण