माथिल्लो तामाकोसी पुस दोस्रो साताबाट सञ्चालन ल्याउने प्रयास
जलसरोकार
काठमाडौं : देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी (४५६ मेगावाट) आगामी पुस दोस्रो सातादेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
गत तिहारअघि नै आंशिक सञ्चालन गर्ने तयारी भए पनि सबैभन्दा बढी क्षतिग्रस्त बालुवा थेग्य्राउने पोखरी (डिस्याण्डर) दुरुस्त पारेपछि मात्रै पूर्ण अर्धजलाशय प्रकृतिमा सञ्चालन गर्न सकिने भएकाले यसको मर्मत कार्य भइरहेको अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडका सीइओ मोहन गौतमले बताए ।
गत असोज १०–१२ मा परेको अबिरल वर्षाका कारण माथिल्लो तामाकोसीको मुहान संरचना क्षेत्रभन्दा माथिको पहाडबाट झरेको पहिरोले डिस्याण्डर र बाँध नियन्त्रण कक्ष ध्वस्त पारेको थियो । उक्त दुर्घटनाबाट कम्पनीमा कार्यरत तीनजना कर्मचारीलाई पुरेको थियो ।

सीइओ गौतमका अनुसार दायाँतर्फको डिस्याण्डरमा धेरै क्षति छ । बायाँतर्फको डिस्याण्डरको बक्स कल्भर्टमा क्र्याक देखिएको तर त्यसलाई ग्राउटिङ (सिमेन्ट भर्ने) गरेर मर्मत गर्न सकिए पनि दायाँँतर्फका बक्स कल्भर्ट भत्केको छ भने त्यसको मुख नै देखिंदैन ।
‘टालटुल गरेर चलाएको भए पनि सकिन्थ्यो, तर हामीले पिकिङ रन अफ रिभर प्रकृति (साँझको अत्यधिक माग धान्न उत्पादन गरिने) मै जाने निधो ग¥र्याैं,’ सीइओ गौतमले जलसरोकारसँग भने, ‘अब पूर्ण रुपमा पीआरओरमै जानका लागि दुबै डिस्याण्डरको मर्मत गरिरहेका छौं ।’
उनका अनुसार आगामी पुस दोस्रो सातादेखि माथिल्लो तामाकोसीबाट १३० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । तामाकोसी नदीको पानी उपलब्धताको हिसाबमा मंसिर महिनामा सिंगो आयोजनाबाट १७० मेगावाट उत्पादन हुन्छ भने पुस, माघ र फागुनसम्म घट्दै जाने चरित्र छ ।

कम्पनीले आगामी वर्षायामअघि नै दुबै डिस्याण्डर पूर्ण रुपमा सञ्चालनमा ल्याउने कार्य योजना बनाएको सीइओ गौतमले बताए ।
दायाँतर्फको डिस्याण्डर मर्मतका लागि नयाँ ठेक्का नै गर्नुपर्नेछ । हालको मर्मत तामाकोसीकै सहायक कम्पनीले निर्माण गर्न लागेको रोल्वालिङ खोलाको सिभिल ठेकेदार हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रा.लि. ले गरिरहेको छ ।
पहिरोले ध्वस्त पारेको बाँध कन्ट्रोल रुम पुनः निर्माण गर्न भने डेढ, दुई वर्ष लाग्ने कम्पनीले जनाएको छ ।



लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स