आगामी २४ घण्टामा देशका पहाडी भू–भागमा आंशिक बदली, हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : मौसम पूर्वानुमान अनुसार आज (बुधबार) देशका अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहने भए पनि सुदूरपश्चिम प्रदेशसहितका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा र कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
राति पनि सुदूरपश्चिम प्रदेशसहितका पहाडी भू-भागमा आंशिक बदली रहने र अन्य क्षेत्रहरूमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान गरिएको छ। यस अवधिमा पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
मौसम विश्लेषण अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको विभागले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता