आगामी २४ घण्टामा देशका पहाडी भू–भागमा आंशिक बदली, हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : मौसम पूर्वानुमान अनुसार आज (बुधबार) देशका अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहने भए पनि सुदूरपश्चिम प्रदेशसहितका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा र कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
राति पनि सुदूरपश्चिम प्रदेशसहितका पहाडी भू-भागमा आंशिक बदली रहने र अन्य क्षेत्रहरूमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान गरिएको छ। यस अवधिमा पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
मौसम विश्लेषण अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको विभागले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली