काठमाडौं– प्रसारण लाइन नबन्दा जलविद्युत् संरचना निर्माणमा समेत ढिलाइ भएको छ । संरचना तयार हुनेबेला सम्म प्रसारण लाइन नबन्ने भएपछि जलविद्युत् निर्माणमा समेत ढिलाइ भएको हो । दोलखामा निर्माणाधीन ३० मेगावाट क्षमताको खानीखोला जलविद्युत् आयोजना निर्माण कार्य ढिलो हुँदै गएको छ। सिंगटीदेखि आयोजनाको विद्युत् गृह (पावरहाउस) सम्म पुग्ने १६ किलोमिटर लम्बाइको प्रसारण लाइन नबन्दा जलविद्युत् आयोजना निर्माणले गति लिन सकेको छैन।
हालसम्म ९३ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको खानीखोला जलविद्युत् आयोजनाका इन्जिनियर लक्ष्मीप्रसाद जोशीले बताए। बाढी, पहिरो र स्थानीयको अवरोधका कारण प्रसारण लाइन निर्माण अघि नबढ्दा त्यसको प्रत्यक्ष असर आयोजनामा परेको उनले बताए। सो खण्डमा ५६ वटा टावर गाड्नुपर्नेमा हालसम्म ४३ वटा मात्र टावर गाडिएको छ। बाँकी टावर निर्माणको काम लामो समयदेखि अघि बढ्न नसकेको उनले बताए।
प्रसारण लाइनको ‘राइट अफ वे’ गौरीशंकर क्षेत्रभित्र पर्ने हुँदा त्यस क्षेत्रमा टावर निर्माणलगायतका काम अघि बढ्न सकेको छैन। प्रसारण लाइन भने ग्रिन लाइफ इनर्जीले प्रवद्र्धन गरिरहेको छ।
‘गौरीशंकर क्षेत्रमा पर्ने भएकाले त्यस क्षेत्रमा रुख काट्ने अनुमति नपाउँदा प्रसारण लाइन केही सुस्त भएको छ,’ जाशीले भने, ‘कहिले बाढी, पहिरो, कहिले बाटो अवरुद्ध र स्थानीयको अवरोधका कारणले पनि आयोजना प्रभावित भइरहेको छ।’
जोशीका अनुसार त्यसक्षेत्रमा ८र१० वटा रुख काट्नुपर्ने छ। प्रसारण लाइन निर्माण अनुमति नपाउँदा पनि रुख कटानमा उस्तै समस्या छ। गौरीशंकर गाउँपालिका–७ मा निर्मित उक्त जलविद्युत् परियोजना भने निर्माणको अन्तिम चरणमा छ।
चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनामा भूमिगत सुरुङमार्गमा लाइनिङ, पेनस्टक पाइप जडान, भर्टिकल साफ्ट जडानलगायतका काम बाँकी छन्। प्रसारण लाइन संरचना तयार भएको खण्डमा आउँदो २०८१ असारभित्र सो जलविद्युत् आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ।
यसअघि २६०० मिटर लम्बाइको भूमिगत सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको थियो। जलविद्युत् आयोजनाको सिभिल र इलेक्ट्रो मेकानिलतर्फको काम भारतीय कम्पनीले गरिरहेको छ। कम्पनीले सिभिलतर्फ सोतनी निर्माण कम्पनी, हाइड्रो मेकानिकलतर्फ साइन हाइड्रो र इलेक्ट्रो मेकानिकलतर्फ एन्ड्रिड हाइड्रोरनियन इनर्जीको संयुक्त उपक्रम ९जेभी० मा काम गरिरहेको छ।
२०८० असोजभित्र निर्माण सम्पन्न गर्ने पछिल्लो समयसीमा भए पनि बाढी, पहिरो र प्रसारण लाइनको समस्याले आयोजना निर्माण अवधि लम्बिँदै गएकाले लागत पनि बढ्ने देखिएको छ।
आयोजनाका इन्जिनियर जोशीका अनुसार, आयोजना सम्पन्न हुँदासम्म प्रतिमेगावाट अनुमानित लागत साढे १८ करोड पुग्ने अनुमान आयोजना लम्बिएको छ। निर्माणको ढिलाई र सुस्तताले आयोजनाको लागत पनि बढ्ने देखिएको छ।
कुल साढे चार अर्ब लागत अनुमान गरिएको आयोजना निर्माणको सुरुवाती अवस्थामा कोरोना महामारीका कारण पनि निर्माण कार्य अवरुद्ध हुन पुग्यो। फलस्वरूप, आयोजना निर्माण सम्पन्न गर्ने बेलासम्म लागत बढेर साढे पाँच अर्ब रूपैयाँ पुग्ने आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर जोशीका अनुसार आयोजना सम्पन्न हुँदासम्म प्रतिमेगावाट अनुमानित लागत साढे १८ करोड पुग्ने अनुमान छ।
नेपालको निर्वाचित फासीवादी सरकारले क्रूरता प्रदर्शन गर्यो: गोली, अश्रुग्यास र संलग्नताले मौन बनाइएको राष्ट्र
उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह
सुनको मूल्य तोलामा १ लाख ८० हजार रुपैयाँ नाघ्यो
भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशत
काठमाडौँको आकाशबाट बादल फाट्न केही दिन लाग्ने
उद्योग वाणिज्य महासङ्घ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर