सिँचाइले सुक्खा जमिन हराभरा बन्दै
जलसरोकार
देउखुरी, ः लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने र लगाएको बाली सुक्ने समयमा दाङको घोराही उपमहानगरपालिका–६ का खेतबारी हरियाली छन् । उपमहानगरपलिकाको सहयोगमा वडा कार्यालयले वडाका प्रत्येक गाउँलाई समेट्ने गरी बोरिङ र ‘स्यालो ट्युबवेल’ निर्माण गरेपछि यहाँका खेतबारी हरियाली भएका हुन् । हिउँदमा सुक्खा हुने जमिन हराभरा भएर नागरिकको आम्दानीसमेत वृद्धि भएको छ ।
घोराही–६ का श्रीधर अधिकारीले धान काटेको खेतमा तोरी छर्नुभएको छ । उहाँको खेतमा आकाशे पानीको भरमा खेती हुने गरेको थियो । गत वर्षदेखि उहाँँले बोरिङको पानीले सिँचाइ गरेर खेती गर्न थालेका छन् । उनले भने,“धान काटेपछि खेत बाँझो हुने गर्दथ्यो, सिँचाइ सुविधा थिएन, तोरी किनेर खानुपर्ने बाध्यता थियो, तर अहिले १० पाथी तोरी बिक्री गर्न पाइयो, बाह्रै महिना खेती हुने गरेको छ ।”
पानीको सुविधा भएपछि तोरी, मकै र तरकारीखेती गरेर बाह्रै महिना हरियाली हुने गरेको उनले बताए । “बोरिङको उपभोक्ता समिति बनाएका छौँ, एक घण्टाको रु दुई सय तिरेर सिँचाइ गर्ने गरेका छाँै”, उनले भने, ।
घोराही–६ गुरगैका प्रेम चौधरीले १० कट्ठा खेतमा काउली, बन्दा र प्याजखेती गरेका छन् । खेतीपातीबाटै उहाँले वार्षिक रु सात लाख आम्दानी गर्ने गरेको बताए । तरकारी, आलु, प्याजलगायत बिक्री गर्ने गरेको उनको भनाइ छ । उनले भने, “सिँचाइको समस्या छैन, तीन वर्षअघिसम्म खानेपानीकोसमेत समस्या हुने गरेको थियो, वडा कार्यालयले प्रत्येक टोलमा बोरिङको व्यवस्था गरेपछि खेतबारीमा सिँचाइ गरेको पानीले खानेपानीको मुहान पनि ‘चार्ज’ भएर इनार तथा कुवामा पनि प्रशस्त पानी हुने गरेको छ ।”
घोराही–६ का वडाध्यक्ष विष्णुराम आचार्यले सिँचाइका लागि वडा भरमा १० बोरिङ र चार स्यालो ट्युबवेल सञ्चालनमा आएको बताए । उनका अनुसार एउटा बोरिङले ३० बिघा जमिन सिँचाइ गर्ने गरेको र स्यालो ट्युबवेलले चार बिघा जमिनमा सिँचाइ हुने गरेको छ । खेतीपाती गर्ने किसानलाई आत्मनिर्भर गराउन र बाँझो जमिन नराख्ने उद्देश्यले काम गरेको उनले बताए । “वडा नं ६ को चार सय बिघा जमिनलाई सिँचाइ सुविधा पुगेको छ”, उनले भने, “केही पानीका योजना सम्पन्न हुने क्रममा छन्, ती सम्पन्न भएपछि वडाका सबै जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एडीबीको आपत्तिले रोकिएको सिँचाइ आयोजना अघि बढाउन मन्त्रालयको नयाँ पहल
-
सिंहदरबारबाट लखेटिएको जल तथा ऊर्जा आयोगलाई ‘नलेज सेन्टर’ बनाइने
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो