५० प्रतिशत अनुदानमा किसानलाई ‘मिनीटिलर’ वितरण
जलसरोकार
कञ्चनपुर— व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २ ले ५० प्रतिशत अनुदानमा ‘मिनीटिलर’ (खेतबारी जोत्न उपयोग गरिने औजार) उपलब्ध गराएको छ। वडा कार्यालयको तीन लाख र किसानको तीन लाख गरी ६ लाख रुपैयाँमा सो औजार खरिद गरी किसानलाई उपलब्ध गरिएको हो।
कृषक समूह र कृषि फार्ममार्फत मिनीटिलर खरिद गरी सातजना किसानलाई उपलब्ध गराइएको कृष्णपुर–२ का वडाध्यक्ष अर्जुन साउदले बताए।
‘व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न किसानलाई अनुदानमा मिनीटिलर उपलब्ध गराएका छौँ, किसानको कार्यक्षमता वृद्धि गर्न मिनीटिलर वितरणको कार्यले सघाउ पुग्ने विश्वास छ,’ उनले भने।
वडाका व्यावसायिक खेती गर्ने सबै किसानलाई यस कार्यक्रममा समेट्न नसकिएको उल्लेख गदै उनले आगामी आर्थिक वर्षमा चालु आवमा अनुदानमा मिनीटिलर पाउन नसकेलाई उपलब्ध गराउने योजना रहेको बताए। किसानलाई व्यावसायिक बनाउनका लागि वडाका तर्फबाट बीउबिजन, पोलिहाउस, किटनाशक, स्प्रे, आधुनिक मेसिन, यन्त्र वितरण गरिँदै आएको र आगामी योजनामा पनि समेट्ने उनले बताए।
‘गोरुले खेत जोत्दै आएका थियौँ,’ किसान प्रिती रानाले भनिन्, ‘मिनीटिलर अनुदानमा पाएपछि गोरुको तुलनामा खेत जोत्न मिनीटिलरबाट छिटो हुने भएको छ, कम श्रम लाग्ने हुँदा उत्पादन लागतमा कमी आई खेतबारीमा उत्पादन गर्दै आएको तरकारीलाई बजारमा प्रतिस्पर्धात्मक दररेटमा बेच्न सक्छौँ ।’ अर्का किसान प्रेम महताले मिनीटिलरको सहयोगमा खेतबारी जोत्न निकै सहज हुने बताए।
‘गोरुको जस्तो स्याहारसुसार गर्नु पर्दैन, इन्धनको व्यवस्था गरी चलाउन सकिन्छ, बिग्रिएमा थोरै रकम तिरेर बनाउन सकिन्छ, गोरुले दुई दिन लागाउने कार्य एकै दिनमा हुन्छ,’ उनले भने।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्नो रिभर्स लिमिटेडले चैत ९ देखि आईपीओ खुलाउने
-
याम्बालिङ्ग हाइड्रोपावरले चैत ८ देखि आईपीओ निष्काशन गर्ने
-
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति
-
२१ दिनपछि पुनः सञ्चालनमा मर्स्याङ्दी जलविद्युत् केन्द्र
-
आइतबारसम्म देशका धेरै भू-भागमा तुवाँलो, दुई दिनपछि मौसममा केही सुधार हुने सम्भावना
-
नयाँ सरकारको बाटो: ऊर्जा, उद्योग र रोजगारी