विकासलाई राजनीति र धर्मभन्दा माथि राखेर हेर्न अध्यक्ष ढकालको आग्रह
जलसरोकार
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रसाद ढकालले सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
काठमाडौं भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको बृहत सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण उद्घाटनमा ढकालले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताए ।
अध्यक्ष ढकालले महासंघको पहलपछि सरकारले नेपाली आईटी क्षेत्र विकासका लागि पछिल्ला कानुनमा गरेको संशोधनले महत्त्वपूर्ण योगदान दिने बताए ।
‘नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृत गरी नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, शाखा खोल्न, कारोबार गर्न र त्यहाँको आम्दानी नेपाल भित्र्याउन पाउने कानुनी व्यवस्थाले नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने र वैदेशिक मुद्रा आर्जनमा वृद्धि गर्ने छ,’ उनले भने ।
क्यान इन्फोटेकले नवीनतम प्रविधि, स्टार्टअप, इनोभेसन तथा स्थानीय बजार माग अनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानमा सहयोग पुग्ने उनको भनाइ छ ।
सरकारले नेपालमा ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) विकास र प्रयोगका लागि ‘राष्ट्रिय आर्टिफिसियल इन्टिलिजेन्स नीति २०८१’ को मस्यौदा तयार पारेको सन्दर्भमा प्रस्तावित नीतिले सुरक्षित तथा दिगो एआई इकोसिस्टम निर्माण गर्ने, जनशक्ति विकास गर्ने, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको ढकालले बताए ।
फरक प्रसंगमा अध्यक्ष ढकालले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दुःखद भएको बताए ।
पाथीभरा केबुलकार प्रकरणमा भइरहेका विरोधका विषयमा उनले विकासलाई राजनीति र धर्मभन्दा माथि राखेर हेर्न राजनीतिक दल तथा सर्वसाधारणमा आग्रह गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार