सेयर बजारमा १७ अंकको करेक्सन, ८ अर्ब ७३ करोडको सेयर खरिद बिक्री
जलसरोकार
काठमाडौं – सेयर बजार परिसूचक साताको दोस्रो काराबारका दिन करेक्सन भएको छ । अघिल्लो कारोबारका दिन ५३ अंकले बढेको बजार आज भने १७ अंकले घटेको हो । १७.१८ अंकको गिरावटसँगै नेप्से परिसूचक २२४०.४१ अंकमा कायम भएको छ । आज ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको छ । बजार घटेपनि कारोबार रकम भने उच्च भएको छ । आज ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो कारोबारका दिन ७ अर्ब ६२ करोडको कारोबार भएको थियो ।
माण्डु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । निफ्राको ७, दोल्ती पावरको ६.९, गुहेश्वरी फाइनान्सको ६.३, माइखोला हाइड्रोपावरको ५.६, युनिलिभरको ५.३, ग्रिन भेन्चरको ४ प्रतिशत मूल्य बढ्यो ।
जानाकी फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । सामलिङ पावरको ४.१, नेपाल वेयरहाउजिङको ४.१, आशा लघुवित्तको ४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा माथिल्लो तामाकोशी, निफ्रा, जानाकी फाइनान्स, ङादी ग्रुप र सीइडीबी हाइड्रोपावर क्रमशः अगाडि रहे । आज समूहगत उपसूचकतर्फ लगानी समूह सबैभन्दा धेरै १.७ प्रतिशत बढेको छ भने विकास बैंक समूह १.८९ प्रतिशत घटेको छ । यस्तै बैंकिङ १८, विकास बैंक ८५, फाइनान्स १३, होटल तथा पर्यटन १००, जीवन बीमा १८१, माइक्रोफाइनान्स ६९, निर्जीवन बीमा १०२, अन्य २० र व्यापार समूह १६ अंकले घटेका छन् । जलविद्युत् समूह २० अंक, लगानी १.४ अंक तथा उत्पादन ८ अंकले बढ्यो।
नयाँ सरकार गठनले सेयर बजारमा उछाल, ५३ अंकले बढ्यो परिसूचक
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार