नयाँ सरकार गठनले सेयर बजारमा उछाल, ५३ अंकले बढ्यो परिसूचक
जलसरोकार
काठमाडौं–सरकारक परिवर्तनसँगै सेयर बजार उच्च अंकले उकाले लागेको छ । साताको पहिलो कारोबारका दिन आइतबार बजार करिब ५३ अंकले बढेको हो । अघिल्लो साताको अन्तिम कारोबारमा २९ अंकले बढेको बजार आज ५२.९७ अंकले बढेको छ ।
आजको कारोबारपछि समग्र बजार मापक परिसूचक २२५७.५९ विन्दुमा उक्लिएको छ । आज २०१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । सेयर बजारसँगै कारोबार रकममा पनि बढोत्तरी भएको छ । आज ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५२० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो साताको अन्तिम कारोबारमा आज ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १४६ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । २ करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर ९६ हजार २७४ पटकमा खरिद बिक्री भएको छ ।
रिडी पावर कम्पनी तथा मन्डु हाइड्रको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । जानकी फाइनान्स, हिमाल दोलखा हाइड्रो पावर, अरुण भ्याली हाइड्रो पावर उच्च कारोबार गर्ने शीर्ष कम्पनीमा परे । ५३ अंकले बढेको बजारमा सबै समूहको सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै बैंकिङ समूहको सेयर मूल्य बढेको छ । आज बैंक समूह ३.७४ प्रतिशतले उकालो लाग्यो । यस्तै जलविद्युत् समूह ३.३० प्रतिशतले बढेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना