सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा
जलसरोकार
बाँके : राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अन्तर्गत डुडुवा शाखा नहर निर्माणकार्य तीव्र गतिमा अघि बढाइएको छ। आयोजनाले शाखा नहर निर्माणलाई प्राथमिकतामा राख्दै पश्चिमी मूल नहरअन्तर्गत डुडुवा शाखा नहरको काम द्रुत रूपमा अघि बढाएको हो।
आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहका अनुसार २३.४ किलोमिटर लामो उक्त नहरबाट करिब १६ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ। नहरअन्तर्गत खजुरा र मानपुर दुई मुख्य शाखा रहनेछन्।
विगतमा ठेक्का विवादका कारण लामो समयसम्म रोकिएको निर्माणकार्य पुरानो ठेक्का रद्द गरी नयाँ कम्पनीमार्फत पुनः अघि बढाइएको हो। हालसम्म नहर निर्माणको भौतिक प्रगति करिब २५ प्रतिशत पुगेको सिनियर डिभिजनल इन्जिनियर साहका जानकारी दिए ।
नेपालगन्ज–सुर्खेत सडकखण्डअन्तर्गत पिप्रहवादेखि राँझासम्म करिब पाँच किलोमिटर क्षेत्रमा टनेलमार्फत नहर निर्माण गरिनेछ भने बाँकी भाग खुला संरचनामा बन्नेछ। रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले १ अर्ब १२ करोड रुपैयाँ लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मा पाएको उनले बताए ।
नहर निर्माण सम्पन्न भएपछि डुडुवा, खजुरा, नेपालगन्ज र जानकी क्षेत्रका किसानले वर्षैभरि सिँचाइ सुविधा पाउने अपेक्षा गरिएको छ।
आयोजनाका अनुसार सिक्टा मूल नहरबाट १८ क्युमेक्स पानी डुडुवा शाखा नहरमा प्रवाह गरिनेछ। त्यसपछि उपशाखा नहरमार्फत बाँकेको नेपालगन्ज, जानकी, खजुरा र डुडुवा गाउँपालिकाका करिब १६ हजार हेक्टर खेतियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरिने लक्ष्य छ।
सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता सङ्घका अध्यक्ष शालिकराम डाँगीले मूल नहरबाट डुडुवा शाखाको मुहानसम्म नियमित पानी सञ्चालन भइरहेकाले नहर निर्माण पूरा भएपछि खडेरी र सुक्खाबाट पीडित किसानलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वनले रोक्यो, प्रणालीले फुकाउन सकेन : पाँच वर्षमा पनि बनेन मेवा–ढुङ्गेसाँघु प्रसारण लाइन
-
लमजुङको १३.४२४ मेगावाटको मिदिम-१ जलविद्युत् आयोजनाको निर्माण प्रगति सन्तोषजनक
-
सुन र चाँदीको मूल्य घट्याे, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
न्यू बुटवलदेखि नेपाल–भारत सीमासम्म १८ किमि प्रसारण लाइन निर्माण तीव्र
-
सिक्टा सिँचाइको पानीले बाँकेमा धान रोपाइँले लियो गति
-
५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई ५० प्रतिशत महसुल अनुदान