टीकापुरको मोहना नदीमा ६८० मिटर लामो तटबन्ध निर्माण
जलसरोकार
टीकापुर, : वर्षौँदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित मोहना नदीमा तटबन्ध निर्माण सम्पन्न भएपछि स्थानीयले राहत महसुस गरेका छन् । रु चार करोड ११ लाखमा ६८० मिटर लामो बिगबोल्डर (ठूला ढुङ्गाको प्रयोग गरी) तटबन्ध निर्माण भएपछि कटानको जोखिम कम भएको स्थानीयहरूको प्रतिक्रिया छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका अनुसार बर्खायाम र हिउँदमा बर्सेनि कटान हुने मोहना नदीको समस्या रोक्न उक्त तटबन्ध निर्माण गरिएको हो । स्थानीय खडग धामी का अनुसार, कटानले नेपाल–भारत सीमामा रहेको १०५ नम्बर पिलरसमेत जोखिममा परेको थियो । “बर्खामा कतिबेला घर बगाउने हो, भन्ने त्रास हुन्थ्यो। राति अनिदो बस्नु पर्ने बाध्यता थियो, अब निद्रा लाग्ने भयो,” उनले बताए ।
स्थानीयका अनुसार सयौँ बिघा जमिन कटान हुँदा कतिपय परिवार विस्थापित भएका थिए । धामीले पाँच वर्षअघि तटबन्ध निर्माण भएको भए अधिकांश विस्थापन रोकिन सक्ने धारणा राखे ।
तटबन्ध निर्माणपछि भारतको वैष्णेदेवी मन्दिर दर्शनका लागि जाने र फर्कने पर्यटकका लागि पनि यातायात सहज भएको रणसिंह धामीले जानकारी दिए ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कञ्चनपुरका इञ्जिनियर उत्तम सुवेदी ले गत आर्थिक वर्षको बजेटबाट तटबन्ध निर्माण भएको जानकारी दिनुभयो। पूर्वप्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपाने का अनुसार ठूला ढुङ्गाको प्रयोगले टिकाउ तटबन्ध बनेको छ र कटान तथा बाढीबाट पीडित स्थानीयले राहत महसुस गरेका छन् ।
स्थानीयहरूले मोहना नदी कटानका कारण नेपाली भूभाग भारततर्फ धकेलिएको बताउँछन् । वीरबहादुर चौधरीका अनुसार नदीपारी नेपाली भूमि भारतीय नागरिकले उपयोग गर्दै आएका छन् ।
कैलालीमा कर्णाली नदी र मोहना नदीले बर्सेनि सयौँ बिघा जमिन कटान गर्दै आएका छन्। टीकापुर नगरपालिका–२, ५, ७, ८ कर्णाली नदीको कटानको जोखिममा रहेका छन् ।
स्थानीय चौधरीका अनुसार रानीजमरा कुलरिया सिँचाइ आयोजनाले करिब १२ ठाउँमा तटबन्ध निर्माण गरिसकेको छ । आगामी योजनाअन्तर्गत दीर्घकालीन समाधानमुखी तटबन्ध बनाएर कटानबाट बस्ती जोगाउने तयारी भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?