कांग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन हुँदैन : नेता कोइराला
जलसरोकार
काठमाडौं,: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन गर्न नुहने बताएका छन् ।
विराटनगरस्थिति कोइराला निवासमा बुधबार पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले संविधान भन्नेबित्तिकै कांग्रेस–एमालेको मात्रै नहुने भएकोले सबैलाई समेटेरमात्रै संशोधन गर्न सकिने बताए ।
उनले भने, ‘संविधान भन्नेबित्तिकै नेपाली कांग्रेस र एमाले मात्रै हुँदैन । नेपाली कांग्रेस र एमालेले सुरु गर्ने कुरा होला तर माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानुपर्छ ।’
उनले संविधान सबैलाई पाच्य हुनुपर्ने बताउँदै दुई तिहाइ पु¥याएर संशोधन गर्दिन्छौं भन्नु गलत हुने बताए । अहिले कांग्रेस–एमालेबीच अलिअलि छलफलमात्रै भएको भन्दै उनले यो सबैको माझमा जानुपर्ने, त्यतिकै नहुने बताए ।
‘यो यस्तो डकुमेन्ट हो जो कि सबैलाई पाच्य हुनुपर्छ । अनिमात्रै हुन्छ । दुई तिहाइ बनाएर गर्दिन्छौं भन्नु गलत हुन्छ,’ उनले भने, ‘कांग्रेस एमालेबीच अलिअलि छलफल भएको छ तर त्यतिले हुँदैन । यो सबैको माझामा जानुपर्छ । अरु दलहरुसित पनि छलफल गर्नुपर्छ । त्यसरी जानुप¥यो नि त ।’
उनले संविधान संशोधनका बारेमा नागरिकले यो के हो के भइरहेको छ भनेर बोलिरहेको पनि बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना