विद्युत् उत्पादन कम्पनीविरुद्ध पुर्वाधार विकास समितिमा उपुरी दर्ता
जलसरोकार
काठमाडौं,: विद्युत् उत्पादन कम्पनी लिमिडेटले सार्वजनिक गरेको वित्तिय लगानी आह्वानको आशयपत्र पेश गर्ने सम्बन्धी सुचना उपुर प्रतिनिधिसभा पुर्वाधार विकास समितिमा उजुरी परेको छ । कम लागतदिर्घकालससम्म असर पर्ने आकर्षक
उक्त सम्पनीले आकर्षक विद्युत् योजनाहरु संचालन गर्ने कुरामा अनदेखा देखिएको भन्दै समितिका सभापति दिपक बहादुर सिंह लाई शुक्रबार सचेत नागरिक ललिन्द्र राईले उजुरी पेश गरेका हुन् ।
गएको मंसिर २३ गते ५ खर्ब ५३ अर्ब रुपैयाँ लागतका दुई जलविद्युत् आयोजना (किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना) सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा बनाइने भन्दै उक्त कम्पनीले वित्तिय लगानी आह्वानको आशयपत्र पेश गर्ने सम्बन्धी सुचना सार्वजनिक गरेको थियो ।
आयोजना निर्माणका लागि लगानी साझेदारी गर्ने सम्बन्धि कार्याविधि २०८१ हास्यस्पद र सेटिङ्गको ह्वास्स गन्ध आउने प्रवन्धहरु राखिएका छन् । यसै कार्यविधिको आधारमा सम्पनीले वित्तिय लगानी आव्हानको आशयपत्र पश गर्ने सम्बन्धि सूचना दुई जलविद्युत् आयोजना (किमाथांका अरुण जलविद्युत् आयोजना ४५४ मेगावाट र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना) १९०२ मेगावाटका लागि सार्वजनिक निजी साझेदारी ढाचामा लगानीको आव्हान वरेको छ । उक्त जानकारी यहाँलाई अवगतै होला । नभए यसै उजुरी निवेदनबाट जानकारी गराउनु चाहन्छु उक्त उजुरीमा लेखिएको छ ।
विद्युत् उत्पादन कम्पनी लिमिडेटले दुई आयोजनाका लागि वित्तीय लगानी आह्वान गर्दै आशयपत्र मागेको थियो । उक्त सम्पनीले दिर्घकालससम्म असर पर्ने आकर्षक विद्युत् योजनाहरु संचालन गर्ने कुरामा अनुदेखा देखिन्छ ।
सार्वभौम जनताको प्रतिनिधिकै हैसियतमा शिघ्र छानविन गरी आवश्यक कारबाही अगाडी बढाउनको लागि यो उजुरी दिएको छ । उजुरीको टुङ्गो नलागेसम्म वित्तिय लगानी आह्वानको आशयपत्र पेश गर्ने सम्बन्धि सूचनाको सम्पूर्ण कारवाही स्थगित गराईपाउँ भनि पुर्वाधार विकास समितिमा उजुरी दिईउको छ ।


लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा