अख्तियारले जगदुल्ला हाइड्रोपावरमा छानबिन थाल्यो
ठेक्कै पुन: रद्द गराउन चलखेल व्यापक

काठमाडौं : जगदुल्ला हाइड्रोपावर लिमिटेडले बोलपत्र मूल्यांकनमा नक्कली अनुभवको प्रमाणपत्रलाई मान्यता दिएको विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ‘लेखी पठाएको’ छ ।
जगदुल्ला हाइड्रोपावरले चिनियाँ कम्पनी ज्याङ्सी र नेपाली साझेदार एनके कन्स्ट्रक्सनले अस्तित्वमै नभएको जलविद्युत् आयोजना बनाएँ भनी कीर्ते प्रमाण र कागज पेश गरेकोलाई मान्यता दिएर आर्थिक मूल्यांकनका लागि ‘योग्य’ ठहर्याएको थियो ।
जगदुल्ला हाइड्रोपावरले दिनदिहाडै कीर्ते प्रमाण पेश गर्नेलाई बोलपत्र मूल्यांकनमा मान्यता दिएपछि अर्काे प्रतिद्वन्द्वी सिनो हाइड्रोले उजुरी दिंदा वास्ता नगरेपछि गत वैशाख १९ गते अख्तियारमा उजुरी परेको थियो ।
उक्त उजुरीलाई साथै राखी अख्तियारले सार्वजनिक खरिद कार्यालयलाई छानबिन गर्न निर्देशन दिएको हो । अख्तियारको पत्रानुसार सार्वजनिक खरिद कार्यालयले पनि जगदुल्ला हाइड्रोलाई पत्राचार गरेको स्रोतले बतायो ।
कीर्ते गरेको प्रमाणित भइसक्दा पनि जगदुल्लाले ज्याङ्सी उपर कुनै कारबाही (कालोसूचीमा राख्ने र बिड बण्ड जफत गर्ने) नगरेकाले उक्त कम्पनीलाई राजनीतिक संरक्षण प्राप्त भएको सहजै अनुमान गर्न सकिन्छ ।
ज्याङ्सी र एएनकेको बिड बण्ड (४० करोड रुपैयाँ) जोगाउन र कालोसूचीमा नपर्न ठेक्का नै रद्द गराउन अहिले राजनीतिक तहमै दौडधुप चलिरहेको कम्पनी स्रोतले जानकारी दियो ।

गत २०८१ को जेठमा भएको ठेक्का अन्तिम समयमा आएर (गत पुस) रद्द गरिएको थियो । पुनः ठेक्का गर्दा चार कम्पनीको प¥यो । बोलपत्र मूल्यांकन गर्दा ज्याङ्सी र सिनो हाइड्रोको मात्र प¥यो ।
ज्याङ््सीले जलविद्युत् आयोजना बनाएको प्रमाण (लेटर हेडमा नियोक्ताले प्रमाणित गरी लेखेको चिठी, कोअर्डिनेट, इमेल, फोटो आदि) जुटाउँदा उसकै प्रतिस्पर्धी सिनो हाइड्रोले अफ्रिकी मुलुक जाम्बियामा बनाइरहेको जलविद्युत् आफूले बनाएको भन्दै नक्कली कागजपत्र पेश गरेको थियो ।
‘यो भनेको दूधकोसी जलविद्युत् (६७५ मेगावाट) ले टेण्डरमा जलविद्युत् आयोजना निर्माण गरेको प्रमाण पेश गर्न लगाउँदा नलसिंह गाड बनाएँ भनेर प्रमाण राखेजस्तै भयो,’ स्रोतले भन्यो, ‘अहिले यसको ठेक्का रद्द गराउन
ज्याङ्सीले कीर्ते गरेको सार्वजनिक हुँदाहुँदै र यससम्बन्धी जगदुल्ला हाइड्रोपावरमा उजुरी परे पनि कुनै सुनुवाई नगरेपछि अख्तियारमा उजुरी परेको थियो ।
यता सर्वाेच्च अदालतमा पनि आफूलाई मूल्यांकन नगरिएको भन्दै नेपाली साझेदार हाइ हिमालय हाइड्रोले सर्वाेच्चमा मुद्दा हालेको छ ।
बोलपत्रमा प्राविधिक रुपमै बाहिरिएका अन्य ठेकेदारले ‘बोलपत्रको मूल्य सार्वजनिक’ भयो भन्दै विभिन्न मिडियामा लेखाइरहेका छन् ।
जगदुल्ला हाइड्रोले अघिल्लो साता आर्थिक प्रस्ताव पनि खोल्यो । जगदुल्लाले आर्थिक प्रस्ताव खोल्नुअघि नै ज्याङ्सीको मूल्य (सिभिल तथा हाइड्रो मेकानिकल) १२ अर्ब १५ करोड र सिनो हाइड्रोको १३ अर्ब १४ करोड भनेर प्रचार गरियो । जब जगदुल्लाले आर्थिक प्रस्ताव खोल्यो सिनो हाइड्रोको प्रचारित मूल्य १९ करोड ७२ लाख रुपैयाँको फरक छ ।
जगदुल्लाले खोल्दा सिनो हाइड्रोको वास्तविक प्रस्ताव भने १३ अर्ब ३३ करोड रुपैयाँ छ । अदालतमा मुद्दा विचाराधीन रहेको, अख्तियारले अनुसन्धान गरिरहेको र सार्वजनिक खरिदले पनि अनुसन्धान गरिरहेकाले उक्त आयोजनाको बोलपत्रले किनारा पाउन सकेको छैन ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
-
खोलामा पर्याप्त पानी हुन थालेसँगै लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
Reinvigorating the Bagmati River-What is Bagmati
-
२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच