भूमिका जैविक विविधतामा रासायनिक खेतीको असरः
सर्व प्रथम भूमिको जैविक गुण (Biological property), भौतिक गुण (Physical property) र रासायनिक गुण (chemical properties) बारे चर्चा गरौँ । भूमिको जैविक गुण राम्रो भएमा भौतिक गुण र रासायनिक गुण पनि राम्रो हुन्छ । माटोमा आँखाले देख्ने र न देख्ने जीवाणुहरु हुन्छन् । गड्यौला, दीमक, केकडा, घोघा, भ्याकुता आदि देखिने जीव जीवाणु हुन् । लाभदायक जीवाणु (positive pathogen) एवं हानिकारक जीवाणु (negative pathogen) हरु आँखाले नदेखिने जीवाणुअन्तर्गत आउँछन् । गड्यौलाहरु किसानका साथी हुन् । यसलाई प्राकृतिक हली पनि भनिन्छ । यसले माटोलाई तल-माथि गरिरहेका हुन्छन् । यसले जमीन मुनिबाट आउने पानी केशिकाहरु (water capilaries) लाई सहज बनाउँछ । गड्यौला, दीमक जस्ता जीवहरु कार्वनिक पदार्थलाई विघटन गर्ने कार्य गर्दछ । यी सवै जीवहरु माटोलाई भुरभुरा बनाउँछ । लाभदायक जीवाणुहरुले यस्ता कार्वनिक पदार्थलाई भोजनको रुपमा ग्रहण गर्दछ र मरेको जीवहरुको जीवांशबाट फसललाई पौष्टिक तत्व प्राप्त हुन्छ । यी जीव-जीवाणुले माटोको जैविक गुणको साथै भौतिक गुण पनि राम्रो राख्ने गर्दछ । यी जैवीक गुणले फसलले पर्याप्त पौष्टिक तत्व प्राप्त गर्ने भएकोले रासायनिक गुण पनि राम्रो भएको देखिन्छ । माटोमा रहेका पर्याप्त कार्बनले जमीन मुनि भूजलबाट आउने पानीका कोशिकाहरु (water capilaries) बाट केही न केही पानी ग्रहण गर्दछ र वातावरणमा रहेका १२–१५ प्रतिशत आर्दता (moisture) लाई पनि केही हदसम्म अवशोषित (absorb) गर्दछ । यसले गर्दा फसलमा धेरै पानी पनि दिइराख्नु पर्दैन र भुजल दोहनमा कमी आउँछ । यी सवै बलियो जैविक विविधता (Biodiversity) भएको भूमिको पहिचान हो ।
आज हामी रासायनिक खेतीमा प्रवेश गरेका छौँ । माटोमा पौष्टिक तत्वको कमी भएको कारण सप्लीमेन्टरी फुडको रुपमा नाना प्रकारका रासायनिक मल जस्तै युरिया, डि.ए.पी, एम.ओ.पी आदि अनेकौ प्रकारको मल प्रयोग गरिरहेका छौ । फसलमा रोग लागेमा पेस्टीसाइड, इन्सेक्टीसाइड जस्ता अनेकौ विषादिहरुको प्रयोग गर्दा यी विषदिहरु चुहिएर माटोमा जाने गरेको हुन्छ । खरपतवार (माटोबाट झिकिएका झारपात) मार्न अनेकौ प्रकारका विषादि जस्तै विडीसाइडहरु प्रयोग गरिएको हुन्छ । थाइमेट, फोरेट, क्लोरोपोरिफसजस्ता अनेकौ विषादि रसायन दीमक (कीरा) आदि मार्न र फसलमा रोग नलाग्ने भनि माटोमा मिसाइन्छ । यी विषादि माटो र पानीमा मिसिंदा माटोसँगै बग्ने पानी पनि विष युक्त हुन्छ । गाइवस्तुले यो पानी पिउने भएमा बिरामीको साथै मर्ने अवस्थासमेत आउँछ । यी विषदिहरु लीचिङ्ग भै भुजल (Ground water) ९ग्लमभचनचयगलम धबतभच० मा पनि मिसिन जान्छ । पेस्टीसाइड, विडीसाइड आदि विषादि रसायनको प्रयोगले माटोमा रहेका गड्यौला, दीमक, भ्यागुता, केकडा, घोघालगायत आँखाले नदेखिने लाभदायक जीवाणु समेत नष्ट हुन्छ । गड्यौला अर्थात प्राकृतिक हलीले माटोलाई चार–पाँच फीट तल–माथि गर्ने काम बन्द हुन्छ । यस्तो गर्नाले गर्दा फसलका जरामा पुग्ने अक्सिजन जाने पनि बन्द हुन्छ । माटोलाई भुरभुरा गर्ने काम पनि बन्द हुन्छ । पानी कोशिकाहरु पनि बन्द भएर जान्छ । भारी ट्रैक्टरको पनि बारम्बार प्रयोग गर्दा माटो कम्प्याक्ट भएर जान्छ । युरिया मा ४६ प्रतिशत मात्र नाइट्रोजन हुन्छ । बाँकी सिंथेटिक पदार्थ हुन्छ । अनियन्त्रित युरिया एवं अन्य रासायनिक मलको प्रयोगले गर्दा माटोको माथिल्लो सतहभन्दा ३–४ फिट तल सिंथेटिक लेयर बस्न जान्छ । सिंथेटिक लेयर, माटोको कम्प्याक्सन र पानी कोशिकाहरु बन्द हुने भएको कारण वर्षातको पानी जमीन मुनि जाँदैन । बगेर बाहिर जान्छ । पानीको चार्ज भूजल को लागि हुँदैन । आवश्यक्ताअनुसार भुजलको प्रयोग गर्ने तर भूजलको लागि पानी चार्ज नगर्नाले भूजल स्तर दिनानुदिन घटदै गएको छ । एकातिर भूजल स्तर घटदै गएछ । अर्कोतिर जैविक विविधता नष्ट हँुदा लाभदायक जीवाणु नष्ट भएछ । यसले गर्दा जीवांश कमी हुन जान्छ । फसलले प्राप्त गर्ने पोष्टिक तत्वमा कमी हुन जान्छ । यसको परिपूर्ति गर्न रासायनिक मलको प्रयोगको मात्रा दिनानुदिन बढदै गएको छ ।
जलवायु परिवर्तनमा पनि रासायनिक खेतीको महत्वपुर्ण भूमिका रहेको छ । रासायनिक मलहरु पेस्टीसाइड, वीडिसाइड तथा अन्य रसायनहरु उत्पादन गर्दा हरित गृह (Green house gas) उत्सर्जन हुन्छ । रासायनिक मल तथा विषादिहरु प्रयोग गर्दा पनि मिथेन, नायट्रिक अक्साइड जस्ता अन्य हरित गृह उत्सर्जन हुन्छ । रासायनिक पदार्थ उत्पादन तथा प्रयोगले गर्दा पर्याप्त हरित गृह उत्सर्जन भई जलवायु परिवर्तनमा प्रमुख भूमिका निर्वाह गरिरहेको छ । सँगसँगै अस्वस्थ आहारको कारण अस्वस्थ मानव जातिको विकास भइरहेको छ । यसले मानव सभ्यतामा नै खतरा उत्पन्न गरेको छ ।
भूमि वाहिर जैविक विविधता नष्ट हुनु कारणः
नेपालको चुरिया जंगल विनास भयो । चुरिया जंगल आसपास पहाडबाट मानिसहरुको बसाई सर्न थाले । जंगलको क्षेत्रफल घट्यो साथै चोरी निकासीको कारण एवं विभिन्न आयोजना निर्माणका कारण जंगलको रुखहरु घटदै गयो । चुरियाको कमजोर माटो वर्षातको पानीसँगै तराई मधेशमा फैलिदै गयो । बालुवाको कारण मधेश मा भएका विभिन्न जातका रुखहरु सुख्दै गए । मेरो आफ्नो गाउँमा सयकडौं रुखहरु सुकेको उदाहरण छ । नेपालमा खेतहरुमा भएको कतिपय रुख छहारी भएर कम उपज हुने भनी पनि काटिन थाले । भएको जलाशयहरु पनि मासिदै गए । कतिपय जलाशय पनि चुरियाको माटोले पुरिन गयो । गाउँहरुमा खेतको खाल्टो पनि पुरिने भए । यसरी सीमसारहरु पनि खुम्चिदै गए ।
भारतमा चकलावन्दीको कारण खेतमा भएका सवै रुखहरु काटिए । यता भारत तथा नेपालमा रासायनिक खेतीको प्रचलन आइसकेपछि फसलमा रोग लाग्न नदिन वा रोग लागिसके पछि विषादि रसायनको स्प्रेको प्रचलन आयो । कीरा–फट्यांग्ररा मरेपछि चराचुरुंगीहरुले यसलाई खायो र चरा चुरंगीहरु विष खानाले मर्दै गए । कतिपय जातका चराहरु लोप भइसके । कतिपयले लोप हुने अन्तिम अवस्थामा पुगिसके । हामीले गाउँमा हुँदा दशैको बेला विजया दशमी यात्राको दिन बिहानै उठेर नीलकंठ चराको दर्शन गर्ने गथ्र्याैं । दर्शन गर्ने बेला नीलकंठ लाई भनिन्थियो “हे निलकंठ महारानी अहाँकर गोड् लागै छि, साँझ विहान पैँखा दियहक आ यात्रा धाम मा दर्शन दियहक” अर्थात् हे निलकंठ महारानी तपाई लाई प्रणाम गर्दछु । साँझ विहान आफ्नो प्वाँख दिनु होला र अर्को यात्रा मेलामा दर्शन दिनु होला । आजभोलि गाउँ घरमा नीलकंठ चरा देख्न छाड्यो । मुश्किल ले कुनै गाउँ मा देखिन्छ ।
यो विषादि रासायनको स्पे्रले खेतमा आउने रंग विरंगी पुतली, लाभदायक कीट पतंगहरु लुप्त भए । माहुरी पनि लुप्त भई खेतमा आउन छाडे । यी लाभदायक कीट पतंगहरुले रोग फैलाउने कीटलाई मार्ने काम पनि गथ्र्याे । त्यो काम बन्द भयो । रंग विरंगी पुतली, कीट पतंगहरु एवं माहुरीबाट हुन सक्ने परागन बन्द भए । रोग फैलाउने कीट खाने चराहरु नष्ट भए । चरा बस्ने रुखहरु कम भए । चराहरुलाई पानी खान जलाशय र सीमसारहरु पनि संकुचित भए । बायुमंडलको चिसोपना पनि घटदै गयो । ५० डिग्री सेल्सियसको आसपासको तापक्रममा खेतका नदेखिने लाभदायक जीवाणु पनि मर्ने भए । यसरी रासायनिक खेतीको आगमनपछि माटोबाहिरको जैविक विविधता पनि नष्ट हुन पुग्यो ।
निष्कर्षः मानव सम्यता बचाउन प्राकृतिक संतुलन कायम गर्नु आवश्यक छ । यसका लागि रासायनिक खेतीको वैकल्पिक व्यवस्थामा जानुपर्छ ।
काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका सिइओको शपथ
भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
कुलमानको रीट हेर्दाहेर्दैमा, ‘मन्त्रिपरिषद्लाई बर्खास्त गर्ने अधिकार छैन’
लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी : अर्थमन्त्री पौडेल