उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
जलसरोकार
काठमाडाै, : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
तराईका थोरै स्थानहरुमा हुस्सु ÷ कुहिरो लागेको महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि देशभरको मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।
तापक्रम पनि केही स्थिर रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ। सोमबार पनि ४.८ डिग्री नै मापन भएको थियो ।
शनिबार काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै घटेर २ डिग्री सेल्सिसय पुगेको थियो। देशका अन्य भूभाहरूमा पनि तापक्रम घटेको थियो ।
आइतबारबाट न्यूनतम तापक्रम केही उकालो लाग्दा तुलनात्मक रूमा कम चिसो महशुस गरिएको थियो ।
यद्यपि मौसम पूर्वानुमान महाशाखाले दैनिक जनजीवन,पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता