उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
जलसरोकार
काठमाडाै, : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
तराईका थोरै स्थानहरुमा हुस्सु ÷ कुहिरो लागेको महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि देशभरको मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।
तापक्रम पनि केही स्थिर रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ। सोमबार पनि ४.८ डिग्री नै मापन भएको थियो ।
शनिबार काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै घटेर २ डिग्री सेल्सिसय पुगेको थियो। देशका अन्य भूभाहरूमा पनि तापक्रम घटेको थियो ।
आइतबारबाट न्यूनतम तापक्रम केही उकालो लाग्दा तुलनात्मक रूमा कम चिसो महशुस गरिएको थियो ।
यद्यपि मौसम पूर्वानुमान महाशाखाले दैनिक जनजीवन,पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड