ऊर्जा मन्त्रालयको नेतृत्व सम्हाल्दै विराजभक्त श्रेष्ठ
जलसरोकार
काठमाडौं, : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठ को नाम टुंगो लागेको छ। प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालिसकेका श्रेष्ठ अब ऊर्जा क्षेत्रको नेतृत्व सम्हाल्ने भएका छन्।
मन्त्रीका रूपमा कार्यरत रहँदा खेलकुद क्षेत्रमा देखिएका बेथिति सुधार गर्न तथा खेलाडीहरूको मनोबल उच्च बनाउन उनले चालेका पहलका कारण उनी चर्चामा आएका थिए। सोही कार्यशैलीलाई आधार बनाएर उनी पुनः निर्वाचनमा होमिएका थिए।
२१ फागुनमा सम्पन्न निर्वाचनमा श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट २४ हजार ५९२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। यसअघि पनि २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट उनले विजय हासिल गरेका थिए।
राजनीतिक यात्राको सुरुवात २०७४ सालमा बागमती प्रदेश सभाबाट गरेका श्रेष्ठ समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेश सभामा प्रवेश गरेका थिए। प्रदेश सभामा रहँदा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने कानुन पारित गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
अब ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व सम्हाल्दै उनले देशको ऊर्जा विकास, प्रसारण प्रणाली सुदृढीकरण तथा सिँचाइ क्षेत्र सुधारमा कस्तो भूमिका खेल्नेछन् भन्ने विषयमा व्यापक चासो व्यक्त गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएआईएमए अटो एक्स्पोमा एनएमबी बैंकको ईभी कर्जा, आधार दरमा थप ०.५ प्रतिशत ब्याज
-
अधिकांश भूभागमा छैन मौसम चेतावनी, पश्चिमतिर अझै वर्षाको सम्भावना
-
राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न कानुनी, संस्थागत र कार्यशैलीगत सुधार आवश्यक : अध्ययन उपसमिति संयोजक
-
सडक बन्यो, पोल हटेन : विद्युत् संरचना व्यवस्थापनमा सरकारी समन्वयमाथि प्रश्न
-
अप्पर सोलुको नाफा ८४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४६ पैसा
-
देशभर बदली र वर्षा, कोशी-बागमती-गण्डकीसहित लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना