नेपालको असंलग्न परराष्ट्र नीती, नेपाल बीबीआइएन तथा सार्कको सक्रिय सदस्य भएको पृष्टभूमि तथा नेपालका छिमेकमा बेलाबेलामा हुने गरेका अन्तर्राष्ट्रिय सीमा विवादले निम्त्याएका झडपहरु जस्तै भारत-चीनबीच भएको दक्लाम झडप, भारत-चीनबीचमा नै भएको लद्दाखको झडप, भारत-पाकिस्तान सिमानामा समय-समयमा हुने गरेका झडपहरु तथा काश्मिर विवादमा नेपालले खेल्न सक्ने भूमिकाले विवादित क्षेत्रमा हुने गरेका मानवीय क्षति मात्र होइन त्यसका लागि वर्षेनि हुने गरेको खर्चलाई समेत देश विकासमा लगाउन सकिने यथार्थले नेपालले यस क्षेत्रमा खेल्न सक्ने सकृय भूमिकाको दायरा परिभाषित गरेको छ । हामी सबै शान्तिप्रिय मुलुकहरु हौं तर विभिन्न कारणहरुले गर्दा हामीहरुका प्राथमिकतामा समय-समयमा शान्ति होइन अशान्ति परेको देखिन्छ । अन्य विभिन्न राष्ट्रहरुले विकासको फड्को मार्दा यस क्षेत्रका हामी विकासमा लगाउन सकिने ठूलो धनराषी विनाशमा खर्च गरी राखेका छौं । दुई देशबीचका पुराना घनिष्ट सम्वन्धहरुलाई बिर्सेर नयाँ शिराबाट शत्रुता निभाउन खोजिरहेका छौं । यस्ता विवादका कारण हाम्रो हजारौं वर्ष पुराने संस्कृति तथा सभ्यतामा नयाँ शिराबाट गरिने भाइचारा, जनता-जनता बीच स्थापित सदियौ पुरानो सम्बन्धमा ह्रास आइरहेको छ । यस्तै विभिन्न कारणले हामी यस्तो स्थितिलाई नजरअन्दाज गर्न सक्ने अवस्थामा पनि छैनौं । त्यसो भए अब के गर्ने त? यसको निकास के हुन सक्तछ?
विवादकै स्थितिमा रही आफ्ना नगरिकको ज्यान जोखिममा पार्ने कार्यका साथै आफ्ना जनताका दैनिक आवश्यकतालाई नजरअन्दाज गर्दै यस विवादलाई कायम राख्न वार्षिक बजेटको ठूलो भाग यसै उद्योगमा खर्च गर्ने? वा यस्तो विषम स्थितिबाट आजको विवादको परिस्थितिलाई यथावत राखी आफ्ना नागरिकको सुरक्षा बढाउने र सुरक्षामा हुने खर्चमा व्यापक रुपमा कमी ल्याई उक्त बचत हुने परिमाणको वार्षिक बजेटलाई देश विकास तथा नगरिकको भलाईमा खर्च गर्ने गराउने तर्फ गर्न सकिने कार्य गर्ने?
अल्पकालीन रुपमा विचार गर्ने हो भने माथि उल्लिखित विकल्पहरुमध्ये पहिलो विकल्प आकर्षक देखिन सक्तछ भने दीर्घकालिन दृष्टिकोणले हेर्दा दोश्रो विकल्प । दोश्रो विकल्पका माध्यमबाट राष्ट्रिय सुरक्षामा हुने खर्चको दश प्रतिशत मात्र पनि बचाउन सकियो भने यो बचाएको रकमले यस क्षेत्रका गरिबीको रेखामुनि रहेका धेरै मानिसलाई भरपेट खुवाउन सकिन्छ, आधारभूत श्वास्थ्य सुविधा र शिक्षा दिन सकिन्छ । यसै दर्शनलाई आधार बनाएर नेपालले नेपालका निकटका छिमेकीहरुसँग नेपालको कूटनीति यस नयाँ शिराबाट सुरुगर्न सक्तछ, मेरो विचारमा सुरु गर्नु पर्दछ । यसको सुरुवात सार्क राष्ट्रहरुबाट गरे पनि वा नेपालका दुई ठूला छिमेकीहरुबीच गरेपनि वा दुवैबारे एकैचोटी कूटनीतिक छलफल प्रारम्भ गरी जहाँ समाधानको बाटो अपनाउने इच्छा देखिन्छ त्यहींबाट सुरु गर्ने गरी कार्य प्रारम्भ गर्न सकिन्छ । यसो गर्ने समय भइसकेको छ अब । नेपालको यस दर्शनका पछाडि नेपालको तीन तहको सुरक्षा संयन्त्र को बहुराष्ट्रिय तथा स्वदेशी अनुभव नै हुन ।
यस्तो कुटनीतिक समाधान का अल्पकालीन र दीर्घकालिन पाटाह मध्ये अल्पकालीन समाधानमा नेपालको चासो रहने छ । नेपालको सुरक्षा संयन्त्रले अल्पकालीन समाधानका रुपमा विवादित सिमानाको निष्पक्ष रेखदेख गर्नेछ । यसैबीच विवादित सिमानाबारे विवादग्रस्त राष्ट्रहरुले आफ्नो द्विदेशीय सिमाना बारेमा दीर्घकालीन समाधान निकाल्न सक्नेछन । सिमानामा आपसी झडप नभएपछि दुई राष्ट्र बिच कूटनीतिक छलफलको बाटो सुगम हुनेछ ।
“आजको २०८१ साल विक्रम सम्बत को तथा २०२४ ईस्वी सम्बतको विजया दशमी को सुअवसरमा माता दुर्गाले सवैलाई शान्तिपूर्वक वाँच्ने शिक्षा तथा प्रेरणा दिउन” यो नै मेरा तर्फवाट तमाम मानव जातीमा यस वर्षको दशैको हार्दिक मंगलमय शुभकामना छ ।
एनएमबि बैंकलाई लैगिंक समावेशी कार्यस्थलको अवार्ड
साताको अन्तिम दिन ०.५७ प्रतिशतले घट्यो सेयर
खाङग्रानाका नागरिकलाई पानीको समस्या
भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोडका सामान हराए
नेपाल-चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिबद्धता