सेयर बजार निरन्तर ओरालोतर्फ, परिसूचक १९५८ मा झर्यो
जलसरोकार
काठमाडौं– साताको दोस्रो कारोबारमा पनि सेयर बजारमा गिरावट आएको छ । सोमबार बजार परिसूचक १५.६२ अंक घटेको हो । साताको पहिलो कारोबारमा २४ अंक घटेको बजार सोमबार पनि १५ अंकले घटेको हो । आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको सेयर मूल्य घटेको छ ।
सोमबारको कारोबारमा २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९७९ रुपैयाँ बराबरको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर खरिद बिक्री भएको छ । बोतलर्स नेपाल (तराई) लिमिटेड, माउन्टेन हाइड्रो, सिवाइसी नेपाल लघुवित्त, दिव्यश्वरी हाइड्रो, बाराही हाइड्रो उच्च कमाउने पाँच कम्पनी रहेका छन् । पोखरा फाइनान्स, दोल्ती पावर कम्पनी, पिपुल्स पावर, समता घरेलु लघुवित्त, नदिप लघुवित्त उच्च गमाउने पाँच कम्पनीमा परे ।
बजार १५ अंकले घट्दा विकास बैंक बाहेक बाँकी समूह राताम्मे देखिए । विकास बैंक ०.२३ प्रतिशत बढ्यो । आज फाइनान्स र माइक्रो फाइनान्स समूह क्रमशः १.९६ प्रतिशत र १.८१ प्रतिशतले घट्यो । हाइड्रोपावर समूह ०.४४ प्रतिशतले घट्दा सो समूहका ३० कम्पनीको सेयर मूल्य बढ्यो भने ५८ कम्पनीको सेयर मूल्य घट्यो ।
सेयर बजारमा २४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना