सेयर बजारमा २४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
जलसरोकार
काठमाडौं– साताको पहिलो कारोबारमा सेयर बजार परिसूचक २४ अंकले घटेको छ । साताको पहिलो कारोबारमा बजार २४.५८ अंक घटेको हो । २४ अंकले बजार घट्दा परिसूचक १९७४.३७ अंकमा झरेको छ । बजार घट्दा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९६ कम्पनीको सेयर मूल्य घटेको छ । बजार घट्दा ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँ बराबरको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर खरिद बिक्री भएको छ । बजारसँगै कारोबार रकमपनि अघिल्लो कारोबारको तुलनामा घटेको छ । अघिल्लो कारोबारका दिन ४ अर्ब माथिको सेयर खरिद बिक्री भएको थियो ।
बजार घटेपनि देल्ती पावर कम्पनी, साधना लघुवित्त, समता घरेलु लघुवित्त, कुमारी बैं डिकेन्चर, नबिल ब्यालेस्ड फण्ड उच्च कमाउने पाँच कम्पनी रहेका छन् । उपसूचक समूतर्फ माइक्रो फाइनान्स समूह र निर्जीवन बीमा समूह सामान्य बढ्दा बाँकी समूह घटेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना