शुक्रबारदेखि भित्रने छ अर्को पानी पर्ने प्रणाली
जलसरोकार
काठमाडौं,: पश्चिमी न्यूनचापीय प्रणालीका कारण अहिले देशका अधिकांश भूभागमा बादल लागेको छ ।
बुधबार बिहानसम्म बादल लाग्ने र अपराह्नदेखिको मौसम घमाइलो हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मौसमविद् विनोद पोखरेलले आज अपराह्नदेखि देशका अधिकांश भूभागको मौसम घमाइलो हुने बताएका छन् ।
सोमबार साँझबाट भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले काठमाडौंसम्म छिटपुट वर्षा गराएको थियो । चितवनका केही भूभागमा पछिल्लो तीन घन्टामा ११.४ मिलिमिटर वर्षा भएको थियो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि हल्का वर्षा भएको थियो ।
शुक्रबारदेखि भित्रने अर्को प्रणालीले पश्चिम नेपालमा राम्रै वर्षा गराउने सम्भावना रहेको मौसमविद् पोखरेलले बताएका छन्।
आगामी शनिबार काठमाडौंलगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा हल्का वर्षाको सम्भावना रहेको उनले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता