शुक्रबारदेखि भित्रने छ अर्को पानी पर्ने प्रणाली
जलसरोकार
काठमाडौं,: पश्चिमी न्यूनचापीय प्रणालीका कारण अहिले देशका अधिकांश भूभागमा बादल लागेको छ ।
बुधबार बिहानसम्म बादल लाग्ने र अपराह्नदेखिको मौसम घमाइलो हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मौसमविद् विनोद पोखरेलले आज अपराह्नदेखि देशका अधिकांश भूभागको मौसम घमाइलो हुने बताएका छन् ।
सोमबार साँझबाट भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले काठमाडौंसम्म छिटपुट वर्षा गराएको थियो । चितवनका केही भूभागमा पछिल्लो तीन घन्टामा ११.४ मिलिमिटर वर्षा भएको थियो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि हल्का वर्षा भएको थियो ।
शुक्रबारदेखि भित्रने अर्को प्रणालीले पश्चिम नेपालमा राम्रै वर्षा गराउने सम्भावना रहेको मौसमविद् पोखरेलले बताएका छन्।
आगामी शनिबार काठमाडौंलगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा हल्का वर्षाको सम्भावना रहेको उनले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड