लक्ष्य प्राप्ती गर्न सबै आयोजनाहरु एकैपटक बन्नुपर्छ : ऊर्जामन्त्री खड्का
जलसरोकार
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले लक्ष्य प्राप्तीका लागि सबै आयोजनाहरु एकैपटक बन्नुपर्ने बताएका छन् ।
शुक्रबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सरकारसँग भएका जति पनि आयोजनाहरु छन् ति सबै आयोजनाहरुलाई एकैपटक सुरु गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।
उनले भने, ‘सरकारसँग भएका जति पनि आयोजनाहरु छन् ति सबै आयोजनाहरुलाई एकैपटक सुरु गर्नुपर्ने अवस्था छ । सरकारले लिएको लक्ष्य प्राप्तिका लागि समयमै त्यो लक्ष्य हासिल गर्न सबै आयोजनाहरु बन्नुपर्छ । एकैपटक सुरु गरिएन भने अझैं ६–७ वर्ष समय कुर्नुपर्छ । छिटो गरियो भने पनि ८ वर्ष १० वर्ष काम सम्पन्न हुन समय लाग्ने स्थिति छ ।’
साथै उनले आयोजनाहरु छिटो बनाउनका लागि के के कुराको शब्दावली राख्नुपर्छ त्यो समितिले जानकारी दिन समेत आग्रह गरे । उनले विकास निर्माणमा भएको स्रोत साधनमा लगानी गर्न विदेशीहरुलाई गुहार्नुपर्ने अवस्था रहेको बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना