बढ्यो काठमाडौंमा वायु प्रदूषण
जलसरोकार
काठमाडौं, – काठमाडौंमा वायु प्रदूषण बढ्न थालेको छ । अहिले बिहान साढे १० बजेसम्म सबैभन्दा खराब वायु काठमाडौंको शंखपार्क क्षेत्रमा छ ।
सो क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ११३ रहेको वातावरण विभागको एयर क्वालिटी मनिटरिङ सिस्टममा उल्लेख छ । शंखपार्क क्षेत्रको वायुको गुणवत्ता खराब रहेको भनेर सुन्तला रंगले संकेत गरिएको छ ।
यसैगरी रत्नपार्क, भक्तपुर र दाङ देउखुरी क्षेत्रमा पनि प्रदूषित वायु रहेको वातावरण विभागले जनाएको छ ।
हावामा धुँलोका कण र धुँवाको मात्रा बढ्दा वायु प्रदूषित हुने गरेको छ । धूलोलाई पखाल्ने गरी पानी नपर्दासम्म र बेस्सरी हावा नचल्दासम्म प्रदूषण झन् बढ्ने गर्दछ । काठमाडौं उपत्यका वरिपरि अग्ला पहाड भएकाले कचौरा आकारमा धुलोका कण जम्मा भएर बस्न अनुकुल हुने गर्दछ । अहिले पोष्ट मनसुन अवधिमा काठमाडौंमा पानी समेत नपरेकाले वायु प्रदूषण बढेको हो ।
साथै छिमेकी देश भारततर्फबाट प्रदूषित हावा नेपालसम्म आइपुग्दा पनि वायु प्रदूषण बढ्ने गर्दछ । भारतमा केही दिनयता वायु प्रदूषण ह्वात्तै बढेको छ । राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा वायु प्रदूषणको लेभल बढ्दै गएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड