बढ्यो काठमाडौंमा वायु प्रदूषण
जलसरोकार
काठमाडौं, – काठमाडौंमा वायु प्रदूषण बढ्न थालेको छ । अहिले बिहान साढे १० बजेसम्म सबैभन्दा खराब वायु काठमाडौंको शंखपार्क क्षेत्रमा छ ।
सो क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ११३ रहेको वातावरण विभागको एयर क्वालिटी मनिटरिङ सिस्टममा उल्लेख छ । शंखपार्क क्षेत्रको वायुको गुणवत्ता खराब रहेको भनेर सुन्तला रंगले संकेत गरिएको छ ।
यसैगरी रत्नपार्क, भक्तपुर र दाङ देउखुरी क्षेत्रमा पनि प्रदूषित वायु रहेको वातावरण विभागले जनाएको छ ।
हावामा धुँलोका कण र धुँवाको मात्रा बढ्दा वायु प्रदूषित हुने गरेको छ । धूलोलाई पखाल्ने गरी पानी नपर्दासम्म र बेस्सरी हावा नचल्दासम्म प्रदूषण झन् बढ्ने गर्दछ । काठमाडौं उपत्यका वरिपरि अग्ला पहाड भएकाले कचौरा आकारमा धुलोका कण जम्मा भएर बस्न अनुकुल हुने गर्दछ । अहिले पोष्ट मनसुन अवधिमा काठमाडौंमा पानी समेत नपरेकाले वायु प्रदूषण बढेको हो ।
साथै छिमेकी देश भारततर्फबाट प्रदूषित हावा नेपालसम्म आइपुग्दा पनि वायु प्रदूषण बढ्ने गर्दछ । भारतमा केही दिनयता वायु प्रदूषण ह्वात्तै बढेको छ । राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा वायु प्रदूषणको लेभल बढ्दै गएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता