सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बाग्मती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो

जलसरोकार
आइतबार, पुस ०६, २०८२ | १३:०३:५७ बजे

 

काठमाडौं : शहरी विकास मन्त्रालयअन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान गर्न थालेको छ । हाल गुह्वेश्वरीमा ट्रास बेरियर जडान सम्पन्न भइसकेको छ भने बागमती नदीका अन्य पाँच स्थानमा क्रमशः गोकर्ण ब्यारेज, तिलगंगा आँखा अस्पताल, बागमती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक–एक स्थानमा जडान गर्ने काम जारी छ ।

जम्मा ६ स्थानमा रु ६५ लाखमा ठेक्का सम्झौता भई ट्रास बेरियर राख्ने काम धमाधम अघि बढिरहेको छ । ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर रोक्ने र एक निश्चित स्थानमा जम्मा गर्ने काम गर्दछ ।

विशेषज्ञहरूले बागमती, विष्णुमती, मनोहरा र धोबीखोला जस्ता नदीहरूमा शहरीकरण र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण ठूलो मात्रामा फोहोर बग्ने गरेको पाइएको बताउँछन् । ट्रास बेरियरले नदीको बहावलाई अवरुद्ध नगरी फोहोर मात्र निकाल्ने भएकाले नदी प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

संकलित फोहोर नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग र सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिनेछ । यसले नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ । ट्रास बेरियरको सतह पानीको स्तर अनुसार तल–माथि हुने गरी रबरको कन्भेयर बेल्ट र तैरिने भाग सहितको संरचना निर्माण गरिएको छ ।

प्रकाशित मिति : आइतबार, पुस ०६, २०८२ | १३:०३:५७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया