बाग्मती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो
जलसरोकार
काठमाडौं : शहरी विकास मन्त्रालयअन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान गर्न थालेको छ । हाल गुह्वेश्वरीमा ट्रास बेरियर जडान सम्पन्न भइसकेको छ भने बागमती नदीका अन्य पाँच स्थानमा क्रमशः गोकर्ण ब्यारेज, तिलगंगा आँखा अस्पताल, बागमती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक–एक स्थानमा जडान गर्ने काम जारी छ ।
जम्मा ६ स्थानमा रु ६५ लाखमा ठेक्का सम्झौता भई ट्रास बेरियर राख्ने काम धमाधम अघि बढिरहेको छ । ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर रोक्ने र एक निश्चित स्थानमा जम्मा गर्ने काम गर्दछ ।
विशेषज्ञहरूले बागमती, विष्णुमती, मनोहरा र धोबीखोला जस्ता नदीहरूमा शहरीकरण र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण ठूलो मात्रामा फोहोर बग्ने गरेको पाइएको बताउँछन् । ट्रास बेरियरले नदीको बहावलाई अवरुद्ध नगरी फोहोर मात्र निकाल्ने भएकाले नदी प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
संकलित फोहोर नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग र सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिनेछ । यसले नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ । ट्रास बेरियरको सतह पानीको स्तर अनुसार तल–माथि हुने गरी रबरको कन्भेयर बेल्ट र तैरिने भाग सहितको संरचना निर्माण गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ग्यास उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्तिले विवादमा आएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा
-
चिलिमे उद्धारमा महत्वपूर्ण संकेत : सुरुङभित्र चिसो हावाको दोहोरो बहाव र प्रतिध्वनि
-
प्रसारण लाइनको तार छुँदा घाइते भएकी ८ वर्षीया रश्मीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति
-
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति
-
तनहुँका एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार
-
अपर म्याग्दी–१ को अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’